गिरिजाप्रसाद कोइराला स्मृति हक्की : उद्घाटन खेलमा आर्मी विजयी

गिरिजाप्रसाद कोइराला स्मृति हक्की : उद्घाटन खेलमा आर्मी विजयी

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उद्घाटन खेलमा नेपाल आर्मीले विजयी सुरुवात गर्‍यो ।

विराटनगरको सहिद रंगशालाका नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बुधबारको उद्घाटन खेलमा नेपाल आर्मीले नेपाल पुलिस क्लबलाई ६-१ गोल फरकमा पराजित गरेको छ । आर्मीका लागि देवसिंह धामीले २ गोल तथा रोशन चौधरी, प्रदीप राजवंशी, रोमन राना र नितिस न्यौपाने समान १-१ गोल गर्दै टोलीलाई विजयी बनाए । पुलिसका लागि एक मात्र सान्तवना गोल महेश धामीले गरे ।

खेलको म्यान अफ द म्याच आर्मीका देवसिंह धामी भए । आर्मी विजयी हुँदै ३ अंक बटुल्न सफल भएको छ । चैत २७ गतेसम्म हुने प्रतियोगितामा २ विभागीयसहित ७ वटा टोलीको सहभागिता रहेको छ । नेपाल आर्मी, नेपाल पुसिल विभागीय टोलीका साथै कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४१ हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेल कोसी प्रदेश र मधेस प्रदेश, दोस्रो गण्डकी र नेपाल पुलिस तथा तेस्रो खेल नेपाल आर्मी र कणर्ाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्