मोरङका तीन परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थी पक्राउ

मोरङका तीन परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर । । मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नक्कली परीक्षार्थी बनेर परीक्षा लेखिरहेका १९९ जना पक्राउ परेका छन् ।
परीक्षा केन्द्रमा संस्थागत मिलेमतो गरेर नक्कली परीक्षार्थी खडा गरेको सुचना पाएपछि प्रहरीले बिहीबार जिल्लाका तीन विद्यालयबाट १९९ जनालाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार सार्वजानिक मा.वि. केराबारीबाट १२७ जना, सरस्वती मा.वि. ग्रामथान र जनता मा.वि.हरैंचाबाट २७ जना परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बेलबारी लगिएको छ । उनीहरुको विषयमा थप अनुसन्धान हुनेछ । प्रहरीले बुधबार थप एकजना परीक्षार्थीलाई पक्राउ गरेको थियो ।

संस्थागत रुपमै विद्यालयमा नक्कली परीक्षार्थी सामेल गराएको आशंका प्रहरीले गरेको छ । यसमा विद्यालय, परीक्षा केन्द्र प्रमुख समेतको संलग्नता हुनसक्ने आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्