विराटनगरमा मोटरसाइकल चोरी गरेर भारतीय नम्बर प्लेट प्रयोग गर्ने तीनजना पक्राउ

विराटनगरमा मोटरसाइकल चोरी गरेर भारतीय नम्बर प्लेट प्रयोग गर्ने तीनजना पक्राउ

विराटनगर । विराटनगरमा मोटरसाइकल चोरी गरेर नम्बर प्लेट परिवर्तन गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–७ मालपोत कार्यालयबाट फागुन १० गते चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरेर चलाईरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट चोरीको मोटरसाइकलसहित थप अन्य दुई मोटरसाइकल समेत नम्बर परिवर्तन भएको अवस्थामा बरामद गरिएको छ । बेलबारी–४ का ६० वर्षीय बमबहादुर खवासको को २५ प १९४५ नम्बरको मोटरसाइकल हराएपछि उनले खोजी गरिदिन निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा उक्त नम्बर प्लेट भएको मोटरसाइकल बीआर ३५८०२ उल्लेख गरेको अवस्थामा बरामद गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार मोटरसाइकल चोरी आरोपमा सुनसरी देवानगञ्ज गाउँपालिका–३ का १८ वर्षीय राजकुमार यादव, भारत अररिया लक्ष्मीपुर १० का २५ वर्षीय शुशिलकुमार यादव र पोसदाह पञ्चायक बस्ने २५ वर्षीय शौरभकुमार यादवलाई पक्राउ गरिएको छ । चोरीको मोटरसाइकल पक्राउ परेपछि उनीहरुबाटै थप दुई मोटरसाइकल समेत बरामद भएको थियो । पक्राउ परेका दुई मोटरसाइकल समेत भारतीय नम्बर प्लेट रहेका थिए । तर, कागजात नभएपछि उनीहरु चोरी गरेर ल्याएको आशंका गरिएको छ । प्रहरीले बीआर ३८ क्यू ८६५६ र बीआर ३८ टी ००२१ नम्बरको मोटरसाइकल समेत पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले उनीहरु विरुद्ध थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्