मिल्स टि-२० क्रिकेट प्रतियोगिता : नरपथगन्ज र एनबीएससी फाइनलमा

मिल्स टि-२० क्रिकेट प्रतियोगिता : नरपथगन्ज र एनबीएससी फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि- २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ ।

आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो ।

उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबीएससीले बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो । नरपथगन्जले भारतको पूणर्िया, बैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ ।

विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा १९९ रनको विजय लक्ष्य पाएको घरेलु टिम विराटनगरले १५.५ बलमा १० विकेट गुमाउँदै १२४ रनमा सिमित भयो । जसमा विराटनगरका अरुण एडिले २९ रन बनाए । अनिल साहले १८ रन र सुनिल धमालले १७ रन जोडे ।

नरपथगन्जका दिव्य सिंहले ४ ओभरमा ३ विकेट लिए । सक्षमत शर्मा र रवण कुमारले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगन्जले १९ ओभर २ बलमा १० विकेट गुमाइ १९८ रन बनाएको थियो । नरपथगन्जका अविसेक पाण्डे र विजय भारतीले अर्धशतकीय ईङनिङ खेले । अविसेकले २० बलमा ५९ रन बनाए भने विजय भारतीले ५५ रनको योगदान दिए ।

विराटनगरका अरुण एरीले ह्याट्रिक गर्दै ४ विकेट लिए । भुलावन सनीले ३ विकेट लिदा मन्जिल श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच नरपथगन्जका रवण कुमार घोषित भए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ पाउँछन् । उपबिजेतालाई ५१ हजार रुपैयाँ रहेको मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्