विराटनगरको प्रन्जल एजुकेशनले मनायो वार्षिकोत्सब

<span class='c1'>विराटनगरको प्रन्जल एजुकेशनले</span> <span class='c2'>मनायो वार्षिकोत्सब</span>

विराटनगर । विराटनगर ९ मा रहेको प्रन्जल एजुकेशन कन्सलटेन्सीले पहिलो वार्षिकोत्सब मनाएको छ ।

विराटनगरमा शाखा कार्यालय रहेको कन्सलटेन्सीले बिहीबार एक कार्यक्रम आयोजना गरी वार्षिकोत्सब मनाएको हो ।

काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको प्रन्जलले एक वर्षअगाडी देखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी कन्सलटेन्सीको काम गर्दै आएको छ । विराटनगर शाखाबाट वार्षिक १५ जना भन्दा बढी विद्यार्थीहरुलाई अध्ययनको लागि ६ वटा देश पढाउने गरेको निर्देशक राकेश पोखरेलले बताए ।

उनका अनुसार विराटनगरको प्रन्जल एजुकेसन कन्सलटेन्सीबाट ४० देखि ६० जना विद्यार्थीले आयल्स गर्दै आएका छन् । ‘यी मध्ये गत वर्ष १२ जना विद्यार्थीहरू अध्ययनरको लागि विभिन्न देशहरु गएका छन् ।’

६ जना अष्ट्रेलिया, २ जना क्यानडा, २ जना युके गएको उनले बताए । विदेश पढन आइटिका विद्यार्थीहरु बढी जाने गरेको उनले बताए ।

उक्त कन्सलटेन्सीमा विराटनगरको विभिन्न कलेजहरु पठनपाठन गराउने प्रध्यापकहरु संलग्न रहेका छन् । जसमा राकेश पोखरेल, भवानी शंकर भट्टराई र सागर श्रेष्ठ संचालक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्