विराटनगर । कोशी प्रदेश नामाकरण विरुद्ध विराटनगरमा भएको आन्दोलनमा मृत्यु भएका पदम लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले सार्वजानिक गरेका छन् ।
कोशी प्रदेश नामकरण विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको मृत्यु भएको थियो । प्रदेश १ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले आन्दोलन गर्दै आएका छन् ।
सहिद घोषणा गर्नुपर्ने माग गर्दै मृतक लिम्बुको शव अझैसम्म परिवारले बुझ्न मानेका छैनन् ।