काठमाडौँमा व्यवसाय, मोरङमा परीक्षा लेखाउने ठेक्का

<span class='c1'>काठमाडौँमा व्यवसाय, मोरङमा</span> <span class='c2'>परीक्षा लेखाउने ठेक्का</span>

विराटनगर । मोरङका एसईई परीक्षा केन्द्रमा एकै दिन २०० संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको घटनाले शिक्षामा भएको बेथितिको संकेत गर्छ । मोरङका तीन वटा परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका २ सयजना नक्कली परीक्षार्थीलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी पकाउ परेका थिए । त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।
एसईई भन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आएका थिए । खुल्लातर्फका परीक्षा दिनेहरुले नक्कली परीक्षार्थी खडा गरेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख टंक गौतमले जानकारी दिए ।

सरस्वती स्कुलको ११ वटा कोठमा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो । नक्कली परीक्षार्थी कन्सल्टेन्सीले खटाएको बुझिएको छ । परीक्षा दिन आउने नक्कली परीक्षार्थीहरूले दैनिक ७ सय देखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिने गरेको प्रारम्भिक बयानको क्रममा खुलेको छ ।

परीक्षामा पास गराउने जिम्मा लिएर एक जना विद्यार्थीबाट कन्सल्टेन्सीले ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालले बताए । ‘खुल्ला तर्फका विद्यार्थीले कन्सलटेन्सीलाई एकमुष्ठ रकम बुझाएपछि पास गर्ने जिम्मा लिने गरेको अनुसन्धानबाट खुलेको उनले बताए । उनले भने,‘ट्युसन सेन्टरले एकजना विद्यार्थी बराबर तीस देखि ४० हजारसम्म लिनेरहेछ, उसैले परीक्षा केन्द्रसम्म ल्याउने र सवारी साधन पनि उसैको प्रयोग हुनेरहेछ ।’

सक्कली परिक्षार्थी व्यवसायमा
एसईई परीक्षा दिने सक्कली परिक्षार्थी अधिकांश व्यापार, व्यवसायमा संलग्न भएको पाइएको छ । उनीहरु धेरै जस्तो काठमाडौंतिर बसोवास रहने रहेको बताइएको छ । पक्राउ परेका नक्कली परीक्षार्थीहरूलाई प्रहरीले शिक्षा ऐन २०२८ अनुसार कारवाही प्रक्रिया अगाडी बढाउने डिएसपी दाहालले बताए । उनीहरुलाई प्रहरीले शुक्रबार मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको छ ।

परीक्षा रद्द
जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीहरुले दिएको सबै परीक्षा रद्द हुने बताए । यसपटकको एसईईमा बिहीबारसम्म पाँच वटा विषयको परीक्षा भएको छ । नेपाली, अंग्रेजी, गणित ,विज्ञान र सामाजिक विषयको परीक्षा भएको छ । मोरङमा ७ वटा विद्यालयमा खुल्ला विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिएको छ । जसमा १ हजार ३२ विद्यार्थी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्