विराटनगरमा ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता हुने

<span class='c1'>विराटनगरमा ऋचा मेमोरियल टी–२०</span> <span class='c2'>क्रिकेट प्रतियोगिता हुने</span>

विराटनगर । विराटनगरमा पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा ऋचा मेमोरियल टी–२० क्रिकेट हुने भएको छ ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्व उपाध्यक्ष नरेश श्रेष्ठले आफ्नी दिवगंत भईसकेको छोरी ऋचा श्रेष्ठको स्मृतीमा पहिलो ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिता चैत २७ देखि वैशाख ३ गतेसम्म विराटनगरको मेरिवल ज्वाला विराटनगर क्रिकेट मैदानमा हुने जानकारी दिए ।

श्रेष्ठका अनुसार प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित नेपाल र भारतका खेलाडी मिलाएर बनाएको एनबीएससी क्रिकेट टिम, विराटनगरको वाईआरसीसी, सुदूरपश्चिको डडेलधुरा लगायत भारतको दिल्ली र बिहारको नरपथगन्ज क्रिकेट क्लबको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको उद्घाटन खेल त्रिभुवन आर्मी र बिहारको नरपथगन्ज क्रिकेट टिमबीच हुने खेल हुनेछ । प्रतियोगिताका विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव ४० लाख खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्