‘नयाँ वर्ष २०८०’ कुन आइएसपीको इन्टरनेट सस्तो ?

<span class='c1'>‘नयाँ वर्ष २०८०’ कुन</span> <span class='c2'>आइएसपीको इन्टरनेट सस्तो ?</span>

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति, परिवार, समुदाय वा संस्थालाई इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् । आइएसपीहरुले इन्टरनेट सगै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै सर्भर होस्टिंग, डार्ककोर फाइबर क्नेक्टिभिटि , इमेल, वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, वाइफ़ाइ सम्बन्धि सेवाहरु पनि प्रदान गर्दछन् ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको पौषमा प्रकाशित एमआइएस प्रतिवेदन अनुसार हाल नेपालमा ६२ वटा इन्टरनेट सेवा प्रदायकले एफ टी टी एच अर्थात अप्टिकल फाइबर मार्फत सेवा प्रदान गर्दै आएको छन् जसमध्ये मुख्य सेवा प्रदायकहरु विराटनगरमा पनि छन् र नयाँ कम्पनीहरुले प्रवेश पनि गरेको छन्।

पछिल्लो समय विराटनगर साथै पुर्वको मुख्य बजारमा नयाँ इन्टरनेट सेवा प्रदायक थपिदा र थुप्रै सेवाप्रदायक हुँदा कुन सेवाप्रदायकको इन्टरनेट लिने भन्नेमा धेरै सेवाग्राहीलाई दुविधा उत्पन्न भईरहेको हुनसक्छ । यहि दुविधालाई कम गर्न हामीले विराटनगरमा चर्चामा रहेका केहि इन्टरनेट सेवा प्रदायकले प्रदान गरिरहेका प्याकेजहरुको विश्लेषण गरेको छौँ।

१. वाईफाई नेपाल
नेपालको सबैभन्दा सस्तो र भरपर्दो भएको दाबी गर्दै आक्रमक रुपमा काठमाडौँबाट सेवा सुरु गरेको वाईफाई नेपालले नेपालका सबै जस्तो मुख्य शहरमा आफ्नो सेवा पुराएको छ। वाईफाई नेपालको मासिक ३३३ रुपैयाँमा ५० एमबीपीस र मासिक पाँच सय रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ । ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । तीन महिने प्याकेजका लागि कुल तीन हजार १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा तीन महिनाको शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।

छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन । यसरी तीन महिनाका लागि वाई-फाई नेपालकाे ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्नेछ । अर्कोतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ लाग्छ, जसमा एक हजार ६०० रुपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश हुन्छ ।

सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन । यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।
वाईफाई नेपालको सबै प्याकेजको बारेमा जान्न यो लिंकमा क्लिक ( https://wifinepal.com.np/plans ) गरेर वेबसाइट भिजिट गर्न सक्नु हुनेछ।

२. वर्ल्डलिंक कम्युनिकेशन
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार वर्ल्डलिंकले एफटिटिएच मार्फत ७ लाख २९ हजार घर परिवार लाई सेवा दिदै नेपालको सबै भन्दा ठुलो इन्टरनेट सेवा प्रदायकको रुपमा स्थापित छ। इन्टरनेट सेवाका अतिरिक्त सेफ़नेट , माइवर्ल्डलिंक एप , टाइम ब्याक, मेस राउटर , र वाईफाई मोबिलिटिको सेवा पनि प्रदान गर्दै आएको छ नेपाल भर १४ हजार भन्दा ज्यादा फ्री वाईफाई हट्स्पट रहेको वर्ल्ड्लिङ्कको विराटनगर महानगरमा तिन सय भन्दा ज्यादा स्थानहरुमा वाईफाई हटस्पट संचालनमा छन्।

वर्ल्डलिंकले २०० एमबिपीएसको वार्षिक १२६०० , २५० एमबिपीएसको १३८०० र ३०० एमबिपीएसको १५६०० मा उपलब्ध गराउदै आएको छ। तिन महिनाको प्याकेजमा २०० एमबिपीएसको ३३०० रुपैयाँ , २५० एमबिपीएसको ३६०० रुपैया र ३०० एमबिपीएसको ४५०० रुपैयाँमा उपलब्ध गराउदै आएको छ , यो सबै मूल्य भ्याट बाहेकको हो।

वर्ल्ड्लिङ्कको सबै प्याकेजको बारेमा जान्न यो लिंकमा क्लिक गरेर वेबसाइट ( https://worldlink.com.np/internet-plans/residential-broadband/ ) भिजिट गर्न सक्नु हुनेछ।

३. नेपाल टेलिकम
नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी हो । यो कम्पनीले पनि नमस्ते जिएस्म प्रिपेड पोस्पेडका साथै एफटीटीएच मार्फत इन्टरनेटका विभिन्न प्याकेज प्रदान गर्दै आएको छ।

नेपाल टेलिकमले २५ एमबीपीएस गतिको इन्टरनेट वार्षिक १३८८६ रुपैयाँमै उपलब्ध गराइरहेको छ । २५ एमबीपीएस स्पिडको तिन महिनाको ४०६० छ भने मासिक १३८६ छ। यस हिसाबले टेलिकमको सबैभन्दा सस्तो प्याकेज २५ एमबीपीएस गतिको इन्टरनेट एक वर्षका लागि लिँदा मासिक ११५७ रुपैयाँ मात्र पर्नेछ । टेलिकमले ४० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १६६८२ रुपैयाँमै उपलब्ध गराइरहेको छ । ४० एमबीपीएस स्पिडको तिन महिनाको ५४३४ छ भने मासिक १८२८ छ।

टेलिकमले ८० एमबीपीएस गतिको इन्टरनेट वार्षिक २१५४१ रुपैयाँमै उपलब्ध गराइरहेको छ । ८० एमबीपीएस स्पिडको तिन महिनाको ७१०२ छ भने मासिक २४१७ छ। टेलिकमले सबै मूल्यमा भ्याट समावेश गरिएको भनेर जानकारी राखेको छ।
नेपाल टेलिकमको सबै प्याकेजको बारेमा जान्न यो लिंकमा क्लिक गरेर वेबसाइट ( https://www.ntc.net.np/tariff/ftth-tariff) भिजिट गर्न सक्नु हुनेछ।

४. भायनेट
२ लाख ५७ हजार ग्राहक सहित नेपालका प्रमुख आइएस्पिहरु मध्य पर्ने भायनेटले पनि एफटिटिएच मार्फत विभिन्न प्याकेजहरु दिदै आएको छ।भायनेटले २०० एमबीपीएस गतिको इन्टरनेट वार्षिक ११९८८ मा उपलब्ध गराइरहेको छ । २०० एमबीपीएस स्पिडको तिन महिनाको ३३०० छ भने मासिक १४०० रुपैयाँ छ। त्यसैगरी २५० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १२३०० रुपैयाँमा उपलब्ध गराइरहेको छ । २५० एमबीपीएस स्पिडको तिन महिनाको ४५०० छ भने मासिक १५५० राखेको छ।
३०० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४४०० रुपैयाँमा उपलब्ध गराइरहेको छ। ३०० एमबीपीएस स्पिडको तिन महिनाको ५५५० रुपैयाँ छ भने मासिक १९०० रुपैयाँ राखेको छ। सबै प्याकेजहरुमा कर अतिरिक्त छन्।

भायनेटको सबै प्याकेजको बारेमा जान्न यो लिंकमा क्लिक गरेर वेबसाइट (https://www.vianet.com.np/home-plan/) भिजिट गर्न सक्नु हुनेछ।

५. क्लासिक टेक

क्लासिक टेक ले पनि इन्टरनेटका विभिन्न प्याकेजहरु मार्फत सेवा प्रदान गर्दै आएको छ। क्लासिक टेकले २०० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १२४४२ रुपैयाँमा उपलब्ध गराइरहेको छ । २०० एमबीपीएस स्पिडको तिन महिनाको ३८९७ रुपैयाँ छ भने मासिक प्याकेज भने उपलब्ध देखिदैन । त्यसैगरी २५० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १३३२७ रुपैयाँमा उपलब्ध गराइरहेको छ । २५० एमबीपीएस स्पिडको तिन महिनाको ४५०० रुपैयाँ छ भने मासिक १५५० रुपैयाँ राखेको छ।
३०० एमबीपीएस गतिको इन्टरनेट वार्षिक १४४००रुपैयाँ मा उपलब्ध गराइरहेको छ। ३०० एमबीपीएस स्पिडको तिन महिनाको ४२०० रुपैयाँ छ। यो सबै मुल्यमा कर समावेश गरिएको छैन।

क्लासिक टेकको सबै प्याकेजको बारेमा जान्न यो लिंकमा क्लिक गरेर वेबसाइट ( https://www.classic.com.np/best-selling-packages/#tab-47612 ) भिजिट गर्न सक्नु हुनेछ।

६. सिजी नेट
भरखरै विराटनगरमा आफ्नो सेवा सुरुगरेको सिजीले भरखरै विराटनगरमा आफ्नो सेवा सुरुगरेको सिजीनेट ले घरायिसी उपभोक्ताको लागि ३५० ,२५० र १३० एमबीपीएसको इन्टरनेट सेवा प्रदान गर्दैछ । सिजिले १३० एमबीपीएसको तिन महिनाको २६८५ रुपैयाँ एक वर्षको ९५८८ रुपैयाँ ,२५० एमबीपीएसको तिन महिनाको ३५६४ र एक वर्षको १२५९२ रुपैयाँ राखेको छ भने तिन महिनाको सबै प्याकेजमा २५०० रुपैयाँ नेटवर्क एक्टिभेसन चार्ज अतिरिक्त छ।
सिजीको सबै प्याकेजको बारेमा जान्न यो लिंकमा क्लिक गरेर वेबसाइट ( https://cgnet.com.np/residential/products/Cg-jodi ) भिजिट गर्न सक्नु हुनेछ।

७. डिसहोम

डिस मार्फत टेलिभिजन सेवा प्रदान गरेर आफ्नो व्यवसाय सुरु गरेको डिसहोमले विगत केहि वर्ष यता आफ्नो फाइबर नेटवर्क बिस्तार गरेर इन्टरनेटका विभिन्न प्याकेजहरु प्रदान गर्दै गर्दै आएको छ । डिस होमले ७५ एमबीपीएस गतीको वार्षिक ७१३९ मूल्य राखेको छ भने आइपी टिभि सहितको मूल्य वार्षिक १२१३९ रुपैयाँ राखेको छ। १०० एमबीपीएस गतीको वार्षिक ८७३९ मूल्य राखेको छ भने आइपी टिभि सहितको मूल्य वार्षिक १५२७८ राखेको छ।

८ . सुबिसु केबल नेट
नेपालको अर्को एक पुरानो इन्टरनेट तथा केवल सेवाप्रदायक सुबिसुले पनि इन्टरनेटका विभिन्न प्याकेजहरु प्रदान गर्दै आएको छ।
सुबिसुले १०० एमबीपीएस स्पिडको तिन महिनाको ४९९९ रुपैयाँ राखेको छ भने ६ महिनाको ७९९९,एक वर्षको १२९९९ रुपैयाँ र क्लियर टिभि सम्म १६९९९ रुपैयाँमा प्रदान गर्नेछ । सुबिसुले २२४६४ रुपैयाँमा ३०० एमबीपीएस स्पिड एक वर्षको लागि प्रदान गर्नेछ भने मासिक र त्रैमासिक प्याकेजहरु ३०० एमबीपीएसको स्पिडमा राखेको देखिदैन ।

सुबिसुको सबै प्याकेजको बारेमा जान्न यो लिंकमा क्लिक गरेर वेबसाइट (https://subisu.net.np/residential ) भिजिट गर्न सक्नु हुनेछ।

तथ्यांक तथा मूल्य सुचीका स्रोतहरु
१. नेपाल दुर संचार प्राधिकरणको एम आइ एस रिपोर्ट - https://nta.gov.np/wp-content/uploads/2023/03/MIS-poush-2079.pdf

२. https://wifinepal.com.np/plans
३.https://www.ntc.net.np/tariff/ftth-tariff

४ . https://worldlink.com.np/internet-plans/residential-broadband/
५. https://www.vianet.com.np/home-plan/

६. https://www.classic.com.np/best-selling-packages/#tab-47612

७. https://cgnet.com.np/residential/products/Cg-jodi

८ . https://dishhome.com.np/internet/plans

९. https://subisu.net.np/residential

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्