विराटनगर महानगरका कर्मचारीलाई सार्वजनिक खरिदसम्बन्धी तालिम

<span class='c1'>विराटनगर महानगरका कर्मचारीलाई</span> <span class='c2'>सार्वजनिक खरिदसम्बन्धी तालिम</span>

विराटनगर । विराटनगर महानगरपालिकामा कार्यरत कर्मचारीहरूका लागि सार्वजनिक खरिद तथा करार व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिएको छ ।

चार दिनसम्म सञ्चालन हुने तालिमको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे

। कर्मचारीहरूलाई तालिममार्फत पुनर्ताजकी गराउँदै लग्ने महानगरको उद्देश्यअनुसार चार दिने तालिम आयोजना गरिएको बताए । उनले कर्मचारीहरूको क्षमता अभिवृद्धि नगरेसम्म सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकिने उल्लेख गरे ।

तालिममा महानगरले गर्नुपर्ने सम्पूणर् निर्माण निर्माण सम्बन्धी कार्यहरू, वस्तु तथा सेवा खरिद गर्न पूरा गर्नुपर्ने प्रक्रिया, विधि र कानुनी व्यवस्थालगायतका बारेमा जानकारी दिइनेछ । संघीय सरकारको श्रम मन्त्रालयका उपसचिव सुवासचन्द्र सिवाकोटी, शिकेन्द्र झा, यातायात व्यवस्था कार्यालय इटहरीका प्रमुखलगायतले सहभागीहरूलाई प्रशिक्षण दिनुहुने महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिए ।

तालिममा महानगरका विभिन्न महाशाखा र शाखा प्रमुखका साथै १९ वटै वडाका सचिवहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्