विराटनगर आयल निगममा दुर्घटना : एकजनाको मृत्यु

<span class='c1'>विराटनगर आयल निगममा दुर्घटना</span> <span class='c2'>: एकजनाको मृत्यु</span>

विराटनगर । विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी बर्जु-४ अमडुवाका शिवकुमार गुरुङ छन् ।

उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका थिए। मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार घाइतेलाई उपचारको लागि आर्या न्युरो अस्पतालमा भर्ना गरिएको थियोे । टाउकोमा चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

कार चालक सरोज सिग्देल फरार रहेको प्रवक्ता दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्