विद्यार्थी नेताहरुलाई अनेरास्ववियु मोरङको सम्मान तथा प्रशिक्षण

<span class='c1'>विद्यार्थी नेताहरुलाई अनेरास्ववियु मोरङको</span> <span class='c2'>सम्मान तथा प्रशिक्षण</span>

विराटनगर । स्ववियु निर्वाचनमा मोरङका ४ क्याम्पसमा जित हाँसिल गरेको अनेरास्ववियु (एमाले) ले विद्यार्थी नेताहरूलाई सम्मान तथा प्रशिक्षण प्रदान गरेको छ ।

स्ववियु अध्यक्षसहित मोरङका ९ मध्ये ४ क्याम्पसमा ५५ सिट जित्न सफल अनेरास्ववियुले विजयी भएकाहरुलाई सम्मान गरेको हो । उनीहरुलाई खादा र कदर-पत्रसहित सम्मान गरिएको हो । अनेरास्ववियुले उनीहरू आगामी कार्यदिशा र कार्यसम्पादन सम्बन्धि प्रशिक्षण समेत दिएको छ । विराटनगर पाञ्चालीस्थित मदन स्मृति भवन (एमाले पार्टी कार्यालय) मा उनीहरुलाई आवश्यक प्रशिक्षण दिईएको अनेरास्ववियु मोरङले जनाएको छ ।

विजयी भएकाहरुलाई चुनावका बेला जारी घोषणा पत्र कार्यान्वयन र विद्यार्थीको जायज मागको आधारमा कार्यसम्पादन लगायतका बिषयमा प्रशिक्षण दिइएको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले बताए ।

कार्यक्रममा भने नेकपा एमालेका मोरङ जिल्ला अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेल, एमालेका जिल्ला सचिवालय सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख रविन थापा, जिल्ला सचिवालय सदस्य एवम् विद्यार्थी फाँट प्रमुख भाष्कर खनाल तथा अनेरास्ववियुका स्थाई कमिटी सदस्य कमल पौडेल लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्