नेपाल बैंक लि.को विराटनगर बजार अड्डा शाखा आफ्नै भवनमा

नेपाल बैंक लि.को विराटनगर बजार अड्डा शाखा आफ्नै भवनमा

विराटनगर । नेपाल बैंक लिमिटेड विराटनगर बजार अड्डा शाखा आफ्नै सुविधासम्पन्न भवनबाट काम सुरु गरेको छ । बैंकको बजार अड्डा शाखा विराटनगर–९ मा सरेको हो ।

ट्राफिकचौक दक्षिण र संसारीमाईस्थान उत्तरको केन्द्रमा पर्ने पुरानो होटल नमस्कार होटल पश्चिम आफ्नै भवनमा सरेको हो । नेपाल बैंक लि.कोशी प्रदेश कार्यालय प्रमुख सुर्यप्रकाश भट्टका अनुसार २२८ शाखामध्ये विराटनगरको बजार अड्डा शाखा १०४ औं मा पर्दछ । साढे दुई तले भवन पार्किङ लगायतले सुविधा सम्पन्न रहेको छ । बैंकले आफ्नै भवनबाट सेवा सुरु गरेसँगै लक सर्भिस समेत सुरु गरेको छ ।


विकासमा योगदानका हिसाबले तुलना गर्न नसकिने भूमिकामा रहेको बैंक देशका ७२ जिल्लामा विस्तार भएको छ । यसका २०३ एटिएम सेवा, ५३ सर्भिस काउन्टर रहेको छ ।
उद्घाटन कार्यक्रममा विराटनगरका प्रमुख नागेश कोइरालाले विराटनगरमा नेपाल बैंकको बजार अड्डा शाखा घुमिरहने गरेको बताएका थिए । उनले स्थायी रुपमा स्थापना भएको बैंकले सेवा गुणस्तरमा ध्यान दिनुपर्ने बताए । सरकारी स्वामित्वका बैंकहरुले गाउँमा शाखा विस्तार गरेर सेवा दिनुपर्ने प्रमुख कोइरालाको भनाई थियो ।

उनले अमेरिकामा बैंकहरु कोल्याप्स भईरहेको सन्दर्भमा नेपालमा त्यसबाट बच्न मर्जरमा गईरहेको बतएका थिए । सरकारी स्वामित्वका बैंकहरुले सिस्टमलाई फलो गरेर सेवालाई परिणाममुखी बनाउनुपर्ने सुझाव कोइरालाको थियो ।

विराटनगरमा बजारमा पार्किङको असुविधा रहेको बेला नयाँ बनेको बैंकको भवन पार्किङ सुविधा समेत रहेकोप्रति उनले खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्