विराटनगरमा नयाँ प्रजातिको ‘एम्ब्लिसेप्स वाइखोमी’ माछा भेटियो

<span class='c1'>विराटनगरमा नयाँ प्रजातिको ‘एम्ब्लिसेप्स</span> <span class='c2'>वाइखोमी’ माछा भेटियो</span>

विराटनगर । विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी गरेका हुन् ।

गत साल मंसिर महिनादेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा पञ्जिकरण गरिएको हो । यो नयाँ माछाको नाम ‘एम्ब्लिसेप्स वाइखोमी’ हो । विराटनगरकै अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, भरतराज सुब्बा, अस्मित सुब्बा तथा विदेशीहरु जीनक्वान याङ र चेनहोङ लीको समूहले उक्त माछा विराटनगरको तल्लो भाग जहदापुल र बुधनगर गरी दुई वटा अध्ययन विन्दुहरुमा रेकर्ड गरेका थिए । उनीहरुले पत्ता लगाएको माछा नेपालको लागि नयाँ रेकर्ड भन्दै अमेरिकाबाट प्रकाशित हुने इन्टरनेशनल जर्नल अफ जुलोजीमा २०२३ को भोल्युममा यही अप्रिल महिनामा प्रकाशित भएको छ ।


अनुसन्धानकर्ताहरुका अनुसार एमब्लिसेप्स वाइखोमी प्रजातिको माछा दक्षिण एशियातिर मात्रै त्यहीपनि विरलै भेटिन्छ । सन् २०१६ मा मात्रै भारतमा पनि ब्रह्मपुत्रनदीको सहायक नदीमा अरुणाचल प्रदेशमा पहिलो पटक रेकर्ड गरिएको थियो । यसको संख्या पनि अति नै कम र जताततै नपाइने भएकोले धेरै विवरण नपाइने अनुसन्धानकर्ताहरुको भनाइ छ । अनुसन्धान अवधिभरिमा सिंघिया नदीमा पनि पाँच दस वटामात्र भेटिएको थियो ।

यो माछा निकै सानो हुन्छ, यसको लम्बाइ चारदेखि नौ सेन्टी मिटर र तौल ३० ग्राम भन्दा कम हुन्छ । यसका आनीबानी, आहारबिहार, प्रजनन् आदिको गहिराइमा अध्ययन भएको छैन । यसबाट मानिसले के कति फाइदा लिन सक्छ भन्ने पनि यकिन हुन सकेको छैन । सिंघिया नदीको पानीमा भौतिक तथा रासायिनक विशेषताहरु समेत अुनसन्धानका क्रममा परीक्षण गरिएकोले कस्तो जलीय वातावरणमा बस्दोरहेछ भन्ने सम्म खुलेको छ ।

हाल चीनमा माछाकै विषयमा विद्यावारिधी गरिरहेका प्रमुख अनुसन्धानकर्ता लिम्बूले भने— “हामीले सिंघिया नदीका जलचर अनुसन्धानका क्रममा नयाँ किसिमको माछा भेट्यौँ अनि यसका बाहिरी बनावट र पखेटा (फिन)हरुको नाप जाँच गर्यौँ, अरु प्रजातिसँग तुलना गर्यौ, तब निष्कर्षमा पुग्र्यौँ कि यो नयाँ प्रजाति नेपालमा पहिलो पटक भेटिएको हो ।” उनीहरुको उक्त निष्कर्षलाई जर्नलमा प्रकाशित भएपछि विश्वका माछा विशेषज्ञहरुको समुदायले सार्वजनिक पुष्टि गरेको ठहर्छ ।

एम्ब्लिसेप्स जातिकाजम्मा २६ वटा प्रजाति संसारमा छन् । अघिल्लो वर्षमात्रै यसको २६ औँ प्रजातिअरु कुनै देशमापत्तालागेको थियो । नेपालकालागिअहिले पत्तालागेको योनयाँप्रजातिसँगैअबदुई सय ७० प्रजातिका माछा भए । लिम्बुकाअनुसार मोरङ जिल्लामापाइने एक सय १८ प्रजातिमध्ये सिंघिया नदीमा ६२ प्रजातिका माछा पाइन्छन् । एम्ब्लिसेप्स वाइखोमीको अस्तित्वले नेपालमा माछाको संसारमा एक नयाँआयामथपिएको छ भने विराटनगर शहर र सिंघिया नदीको नामपनि राखेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्