पिएलओको अटो ल्यूब आयलले भित्र्यायो स्वीडेनमा उत्पादित कृषियन्त्र

पिएलओको अटो ल्यूब आयलले भित्र्यायो स्वीडेनमा उत्पादित कृषियन्त्र

विराटनगर । पिएलओ ग्रुपको अटो ल्यूब प्रा.लि.ले स्वीडेनमा उत्पादित हर्सकोवर्ना कम्पनीका कृषि औजार नेपालमा भित्र्याएको छ । नेपालमा पहिलो आधिकारिक बिक्रेताको रुपमा कारोबार सुरु गरिएको हो । ३३० वर्ष पुरानो हर्सकोवर्ना कम्पनीका सामान नेपालमा भित्र्याउन आठ वर्ष पहिलेदेखि पिएलओ ग्रुपले पहल गरिरहेको थियो ।

शुक्रबार नेपालमा पहिलो पटक यसका सामानको लञ्च गरिएको छ । सुन्दरहरैंचास्थित नेपालीरिका होटलमा आयोजित कार्यक्रममा पिएलओ ग्रुपका अध्यक्ष एवं यसको भगिनी संस्था अटो ल्यूब प्रा.लि.का मेनेजिङ्ग डाइरेक्टर भोलेश्वर दुलालले कृषि यान्त्रिकीकरणमा ३२ वर्ष अगाडीदेखि सुरु गरेको यात्राले एक कदम फड्को मारेको दावी गरेका छन् । अटो ल्यूब प्रा.लि.ले सत्कार मेशिनरीका कृषियन्त्रको कारोबार ३२ वर्ष आगडी देखि नै गर्दै आएको छ ।

यस कम्पनीका सबै प्रकारका सामान नेपालमा पाईने भएको छ । रुख कटान गर्ने मेशिन, खेत जोत्ने, धान रोप्ने, झार सफा गर्ने, गोडमेल गर्ने, बीउ रोप्ने, चिया काट्ने र टिप्ने सबै प्रकारका मेशिन बिक्रीको कारोबार सुरु गरिएको जानकारी दिइएको छ । कार्यक्रममा दुलालले बैंकबाट लिएको ऋणमध्ये ८० प्रतिशत गैरप्रयोजनमा प्रयोग हुँदा अहिले अर्थतन्त्र कमजोर भएको बताएका थिए । उनले कृषिमा प्राथमिकता नदिए देशको अर्थतन्त्र अझै कमजोर हुने दावी गरे ।

कम्पनीले पहिलो पटक स्वीडेनको हर्सकोबर्ना कम्पनीसँग कारोबार गर्ने सम्झौता गर्दै सात कन्टेनर सामान आयात गरिएको जानकारी दुलालले दिए । देशभरका बिक्रेताको भेला गराएर नयाँ सामान बारे जानकारी दिइएको थियो । कम्पनीले मेकानिकल इन्जिनियरिङ्ग अध्ययन गरेका नौजना युवाहरुलाई दश दिनको तालिम भारतको चेन्नईमा सामान बारे तालिम दिएको जानकारी दिइएको छ । उनीहरुले नेपालमा भित्र्याइएको सामान बारे समस्या भए तत्काल मर्मत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्