बङ्गलादेशमा अध्ययन गरेका चिकित्सकहरुको विराटनगरमा भेला सम्पन्न

<span class='c1'>बङ्गलादेशमा अध्ययन गरेका चिकित्सकहरुको</span> <span class='c2'>विराटनगरमा भेला सम्पन्न</span>

विराटनगर । युनिभर्सिटी अफ साईन्स एण्ड टेक्नोलोजी चितागोङ्ग बङ्गलादेशमा अध्ययन गरी कोशी प्रदेशमा कार्यरत चिकित्सकहरुको विराटनगरमा भेला सम्पन्न भएको छ ।

शनिबार विराटनगरको पर्पल हेज होटलमा आयोजित कार्यक्रमको सभापतिमा डा. आदर्श झाको र प्रमुख अतिथिमा कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निर्मला तावा लिम्बुले प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सहभागी चिकित्सकहरुलाई अनुरोध गरेकी थिइन्।

कार्यक्रममा बोल्दै सभापति डा. आदर्श झाले चिकित्सकहरुले प्रदेशमा भोग्दै आएको समस्या बताउदै स्वास्थ्य सेवालाई उचाईमा पुर्याउन प्रदेशको सहयोग आवश्यक रहेको बताए।

अध्ययन गरेका चिकित्सकहरु बिच पुराना याद ताजा बनाउन र सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक डा. राजेन्द्र चौधरीले बताए ।

नयाँ वर्ष २०८० को शुभकामना साटा साट गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्