विराटनगर–१५ को ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन महानगरपालिकाको निर्देशन

विराटनगर–१५ को ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन महानगरपालिकाको निर्देशन

विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र सुरु हुनलाग्दा एउटा निजी विद्यालयलाई स्थान्तरण हुन निर्देशन दिएको छ । उच्च अदालतको फैसला कार्यन्वयन गर्न महानगरपालिकाले विराटनगर–१५ स्थित श्री ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन निर्देशन दिएको हो ।

भाडाको घरमा सञ्चालित ग्लोबल एकेडेमीले महानगरपालिकाको नगर शिक्षा समितिबाट स्थान्तरण गर्ने निर्णय नगराई विद्यालय सारेको थियो । २०७५ सालमा ग्लोबल विराटनगर–१५ स्थित दिपज्योती टोलमा सरेको थियो । त्यस अगाडी त्यहि वडाको रामजानकी मन्दिर नजिक रहेको थियो । शिक्षा कार्यविधी–२०७४ अनुसार एउटा विद्यालयसँग अर्को विद्यालयको दुरी एक किलोमिटर हुनुपर्ने उल्लेख छ । तर, ग्लोबल स्थान्तरण भएर आउँदा मदर मेरिज ई.स्कूलसँगै टाँसिएको भाडाको घरमा स्थापना गरिएको थियो ।

मदर मेरिज ई. स्कूल विराटनगर–१५ का प्रिन्सिपल देवप्रकाश रायले ग्लोबलका सञ्चालक विरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उनको रिट सुनुवाई गर्र्दै उच्च अदालत विराटनगरले २०७९ भदौ २० गते ग्लोबल एकेडेमी कानुन विपरित स्थान्तरण भएको ठहर गरेको थियो ।

अदालतको फैसला अनुसार ग्लोबल एकेडेमी त्यहाँबाट स्थान्तरण हुनुपर्ने थियो । तर, विद्यालय सार्न अटेर गरेपछि उच्च अदालत विराटनगरले महानगरपालिकालाई फैसला कार्यन्वयन गर्नका लागि पत्राचार गरेको थियो । अदालतले २०७९ चैत ८ गते महानगरपालिकालाई फैसला कार्यन्वयन गर्न निर्देशन दिएपछि महानगरपालिकाले सोमबार सार्वजानिक सूचना प्रकाशन गर्दै ग्लोबल एकेडेमीलाई स्थान्तरण हुन निर्देशन दिएको हो ।

महानगरपालिकाले विद्यालय स्थान्तरण गरेर त्यहाँ ल्याउन ग्लोबल एकेडेमीले नगर शिक्षा समितिबाट निर्णय समेत नगराएकोले शैक्षित्र सत्र सुरु हुन लाग्दा विद्यार्थी तथा अभिभावकको नाममा सार्वजानिक सुचना जारी गर्दै साविक स्थानमा वा कानुन सम्मत अर्को स्थानमा स्थान्तरण हुन निर्देशन दिएको हो । ग्लोबल स्थान्तरण भएको दिपज्योती टोलमा २३ वर्ष अगाडी देखि नै मदर मेरिज ई.स्कुल सञ्चालनमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्