विराटनगर घोघापुल चौकमा फोहोर थुप्रदाँ घर भाडा नलागेको गुनासो

<span class='c1'>विराटनगर घोघापुल चौकमा फोहोर थुप्रदाँ</span> <span class='c2'>घर भाडा नलागेको गुनासो</span>

सुशिल साह
विराटनगर । विराटनगर–९ घोघापुल चौकमा थुपारिएको फोहोर स्थानीय सर्वसाधारणको घरमा छिर्ने गरेको भन्दै गुनासो बढेको छ ।
चौकमा फोहोर थुपार्दा हावाले घर भित्रैसम्म ल्याउने गरेको भन्दै स्थानीयले त्यसको व्यवस्थापनका लागि माग गरेका हुन् ।

चौकमा फोहोर थुपार्ने बानीका कारण घरमा दुर्घन्ध फैलिदाँ घाडावाल समेत बस्न नमान्ने गरेको स्थानीय श्रवणकुमार साहले गुनासो गरेका छन् । उनले आसपासका सबैले आफ्नो घर अगाडी फोहोर ल्याएर थुपार्ने गरेको बताए । फोहोर नथुपार्न भन्दा उल्टै झगडा गर्ने गरेको बताए ।

फोहोर व्यवस्थापन नहुँदा चौकमा रहेको घरका सटर समेत भाडामा नलाग्ने गरेको गुनासो गरिएको छ । सधैंभरलाई फोहोरको समाधान हुनुपर्छ, साहले भने–चौकमा बनाएको घरमा व्यवासय गर्नेहरु फोहोर गन्हाएर बस्न सक्दैनन् । भाडावाल बस्न नसक्दा त्यसको अवसर कर्जा बुझाउन परिरहेको साहले गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्