विराटनगर । दुर्घटनामा मृत्यु भएको शिवकुमार गुरुङको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै घर घेराउ गरेको छ ।
मृतकको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै सोमबार चालक सरोज सिग्देलको घर घेराउ गरेको हो ।
विराटनगर-४ आयल निगम अगाडि शनिबार बेलुका दुर्घटना हुँदा सुनसरी बर्जु-४ अमडुवाका गुरुङको मृत्यु भएको थियो ।
उत्तरबाट दक्षिणतर्फ प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाइकलमा सवार गुरुङलाई बा ०१-२५-५४४६ कारले ठक्कर दिदाँ गम्भीर घाईते भएका घाइतेलाई उपचारको लागि आर्या न्युरो अस्पतालमा भर्ना गरिएको थियो । चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतकका भाइ(काकाको छोरा) बद्री कुमार गुरुङ्ले मृतकका परिवारलाई हेरविचार गर्दिनु पर्ने बताए । ठक्कर दिने पक्षले सरकारी नियम अनुसार ६-७ लाख दिने कुरा भएको उनले बताए । यता, चालक पक्षले दस लाख क्षतिपूर्ति दिने बताउदै आएको चालक सिग्देलका एक आफन्तले बताए ।