कोशी अस्पताल विराटनगरमा मृगौला प्रत्यारोपण सेवाका लागि सम्झौता

कोशी अस्पताल विराटनगरमा मृगौला प्रत्यारोपण सेवाका लागि सम्झौता

विराटनगर । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा सरु गर्न दुई पक्षीय सम्झौता भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरबीच सम्झौता भएको हो ।

अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीका अनुसार सम्झौता भएसँगै सेवा संचालनको बाटो खुलेको छ । कलेजो र मृगौला प्रत्यारोपण नेपालमा सुरु भएपनि अति न्युन संख्यामा सेवा उपलब्ध भएको छ । मृगौला फेल भएकाहरु प्रत्यारोपण नहुँदासम्म डायलासिस सेवा छ । कोशीमा सेवा सञ्चालनका लागि मंगलबार सम्झौता भएकाले  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य हुने भएको छ ।

सम्झौता अनुसार मृर्गाैला प्रत्यारोपण सेवाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जनशक्तिको तालिम, फेलोसिप लगायत शैक्षिक कार्यक्रमको लागि व्यवस्था गर्ने छ । त्यसैगरि मस्तिष्कघात बाट हुने मृत्युमा अंगदान र प्रत्यारोपण लगायतका कार्य प्रभावकारी बनाउन पनि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा कोशीका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. रविनराज सिंह र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालमा करिब ७० प्रतिशत मृत्युको कारण नसर्ने रोगका कारणबाट हुने तथ्यांक छ । जसमा मधुमेह र उच्च रक्तचापको कारणले हुने मृत्यु र मृगौला रोगको साथै क्यान्सर र विभिन्न दुर्घटनाबाट हुने चोटपटक पर्दछ । देशमा हरेक वर्ष करीव ३ हजार जनाको मृगौला फेल र १ हजार जनाको कलेजो फेल हुनेको विभिन्न अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्