यी हुन् कोशी प्रदेशको चार निर्णय

<span class='c1'>यी हुन् कोशी</span> <span class='c2'>प्रदेशको चार निर्णय</span>

विराटनगर । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

आज (बुधबार) बसेको कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७९ स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमवली २०७५ खारेज गर्ने निर्णय भएको उद्योग,कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

मनमोहन प्राविधिक विश्वविद्यालयका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको मन्त्री सिटौलाले बताए ।

पछिल्लो समय बढ्दो कोरोना भाइरस प्रकोपको सतर्कताका लागि आवश्यक पहलका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने समेत निर्णय भएको मन्त्री सिटौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्