२०७९ ले कोशी नाम दियो २०८० साललाई आन्दोलन बाँकी

<span class='c1'>२०७९ ले कोशी नाम दियो</span> <span class='c2'>२०८० साललाई आन्दोलन बाँकी</span>

सुजता लिम्बु
विराटनगर । वर्ष २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा जस्तो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खासै उत्साह देखिएन ।
२०७४ सालमा जनप्रतिनिधि चयन गर्न जनता जति उत्साहित थिए ५ वर्षको अन्तरालमा उत्साह हराए झैँ भएको भान भएको थियो । यद्यपी जनताले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन सफताका साथ सम्पन्न गर्न मद्दत भने गरे ।

विगतका राजनीतिक उत्तरचढाव, सरकार ढाल्ने खेल र नेतृत्वको कुर्सी मोहले आजित बनेका जनता नेपाली राजनीतिक प्रति छाएको वितृष्णका बावजुद पनि स्थानीय सरकार र प्रदेश सरकारले नयाँ नेतृत्व पाएको छ । बैशाख ३० गतेको स्थानीय निर्वाचनबाट विराटनगर महानगरपालिकाको नेतृत्वको बाघडोर सम्हाल्न नेपाली काँग्रेसका नोगश कोशइरालाई र उपमेयरमा नेकपा एमालेकी शिल्पा निरौला कार्कीलाई चयन गरेका छन् । भने यता, कोशी प्रदेशको नेतृत्वको बाघडोरको साँचो हिक्कमकुमार कार्कीको हातमा पुगको छ ।

भुगोले र पहिचानमा अल्झियो प्रदेशको नाम
तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले प्रदेश १ को राजधानी विराटनगर राख्न सके पनि नाम राख्नमा असफल बनको थियो । उनीसँग दुई तिहाइ बहुमतको सरकार हुँदा पनि प्रदेशसभामा नामको विषय टेबल गर्न समेत सकेनन । संघमा भएको राजनीतिक विवाद र पार्टी फुटका कारण तीन जना मुख्यमन्त्री पाएको तत्कालिन प्रदेश १ ले नाम भने पाउन सकेन । पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले कार्यकालको अन्तिम चरणमा प्रदेशको नामसम्बन्धि छलफलमा ल्याए पनि सदनसम्म छलफलमा पु¥याउ नसकेनन् । यता, राई नेतृत्वको सरकारले नामको विषय छलफल गर्दैगर्दा प्रदेशसभा भित्र प्रतिनिधित्व गर्ने सांसदहरुको पनि नाम के राख्ने भन्नमा एकमत थिएन । भने पहिचानको आधारमा नामकरण हुुनुपर्ने माग राख्दै विभिन्न पहिचानवादी संघसंस्था सडक आन्दालनमा उत्रिएका थिए । जसले गर्दा आन्दोलनको चेपुवामा परेको प्रदेश १ को नाम पहिलो प्रदेशसभाले टुंगो नलगाई प्रदेश सरकार र प्रदेशसभा सदस्य विदा हुनुपरेको थियो ।

सुटुक्क प्रदेशले नाम पाएको त्यो दिन
फागुन १७ गते अघिल्लो दिनसम्म प्रदेश १ ले नाम पाउने कुनै छाँटकाँट नै थिएन । तर १७ गते बिहानैदेखि प्रदेशले नाम पाउने चर्चा चुलिन थाल्यो । त्यसो त द्धिविधा उत्पन्न नभएको पनि होइन । ५ वर्षसम्म नाम विहिन रहेको प्रदेशले यति चाँडै नाम कसरी पाउन सक्ला र ? भन्ने प्रश्न सबैको मनमा उत्पन्न नभएको पनि होइन । उता, प्रदेशसभा भित्र नामको विषयमा बहस र छलफल चल्दै गर्दा बाहिर पहिचानवादी संघसंस्थाले पहिचान सहितको प्रदेशको नाम हुनुपर्ने मागसहित नाराबाजी गरिरहेका थिए । विरोध र विमतिको बीच राति करिब १० बजे ‘सप्राइज गिफ्ट’ झैँ प्रदेशभाबाट बुहमतका साथ कोशी नाम पारित भयो ।

नामले ल्याएको अशान्ति
प्रदेशले कोशी नाम पाएसँगै यतिबेला कोशी प्रदेशमा विभिन्न चरणको आन्दोलन भइरहेको छ । कोशी प्रदेश पुनः नामकरणको माग राख्दै चैत्र ५ गते भएको सडक आन्दोलनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु समेत भएको छ ।कोशी प्रदेश पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सभामुख बाबुराम गौतमलाई १० दिनको अलिटिमेटम पत्र बुझाएका छन् । सरकारको पक्षबाट प्रदेशलाई नामविहिन प्रदेश हुनुभन्दा केही नाम दिएर जाने निर्णय भएकाले प्रदेशको नामकरण जरुरी रहेको बताउदै आइरहेका छन् ।

सहिद घोषणा
आन्दोलनको क्रममा घाइते भइ मृत्यु भएका पदमकुमार लिम्बु (लाजेहाङ)लाई मन्त्रिपरिषदको चैत २४ गतेको बैठकले सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको जानकारी गृहले औपचारिक रूपमा मोरङ प्रशासनलाई पठाएको छ ।
गत चैत ५ गते विराटनगरमा कोशी नामकरणको विरुद्ध भएको प्रदर्शनका क्रममा घाइते भएका लिम्बूको १० गते बिपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।

पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले लाजेहाङको मृत्युलगत्तै शहिद घोषणा गर्न माग गरिरहेको थियो । शहिद घोषणा नगरिरिएसम्म शव जिम्मा नलिने परिवारले जनाएको थियो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर ४२ वर्षीय लाजेहाङ २०५२ सालदेखि नै लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्