विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा विराटनगरका दुईसहित कोशी प्रदेशबाट सातजना उद्योगी केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष बाहेक बाँकीको मतपरिणाम सार्वजानिक हुँदा विराटनगरका अबिनाश बोहरा एसोसिएटतर्फ र नविन रिजाल जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा निर्वाचत भएका हुन् ।
कोशी प्रदेशबाट बोहरा र रिजालसहित जिल्ला नगरतर्फ गोकुल श्रेष्ठ, प्रयास कार्की, उमेश डाम्मिया, नरेन्द्र खड्का प्रदेशतर्फ र वस्तुगतबाट राजकुमार कार्की केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।