मोरङ क्याम्पस विराटनगरका स्ववियु सचिव ठकुरीद्वारा विद्यार्थीमाथि हातपात

मोरङ क्याम्पस विराटनगरका स्ववियु सचिव ठकुरीद्वारा विद्यार्थीमाथि हातपात

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सचिव सनिम ठुकरीले विद्यार्थीमाथि हातपात गरेका छन् । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भएपछि स्ववियुले केहि नगरेको भन्दै कार्यालयमा तालाबन्दी गर्ने क्रममा दोहोरो भनाभन हुँदा सोनु शर्मामाथि सचिव ठकुरीले हातपात गरेका हुन् ।

हातपात गरेको घटनाप्रति ध्यानाकर्षण भएको भन्दै अलिख नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका इकाई अध्यक्ष कमल ओझाले विज्ञप्ती जारी गरेका छन् । उनले क्याम्पसमा गुण्डागर्दी शैली मौलाएको भन्दै सार्वजानिक र लिखित माफी माग्नुपर्ने माग गरेका छन् ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका इकाई अध्यक्ष तथा स्ववियुका सचिव रहेका ठकुरीले एक महिना बित्न नपाउँदै विद्यार्थीमाथि हातपात गरेको भन्दै विद्यार्थी माझ आलोचना बढेको छ । अनेरास्ववियुका एक विद्यार्थी नेताले ठकुरी नेबिसंघसँग सेटिङमा जितेर आएकाले अहिले मनपरी गर्ने काममा सक्रिय रहेको आरोप लगाएका छन् । उनले संगठनबाट स्ववियुमा निर्वाचित भएर विद्यार्थीमाथि गुडागर्दी शैलीमा हातपात गर्न उत्रिएको विषय छलफलमा ल्याउने बताएका छन् ।

विद्यार्थीले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउनु पर्ने भएपनि त्यसलाई निस्तेज गर्ने शैली अपनाउँदा क्याम्पसको वातावरण बिग्रने बताएका छन् । पीडित भएका विद्यार्थी सोनु शर्माले आफ्ना माग लिएर स्ववियुमा जाँदा निर्वाचित सचिवले धकेलाधकेल गरेको बताए । उनले स्ववियुले विद्यार्थीको पक्षमा काम गर्नुपर्ने बताए । निर्वाचित भएको २२ दिन पुग्दासम्म विद्यार्थी नेतृत्व छ भन्ने कुनै आभास नभएको बताएका छन् ।

एक महिना नपुग्दै गुनासो लिएर पुगेका विद्यार्थीमाथि हातपात गर्ने शैली अपनाएकोले बाँकी दिनमा उनीहरुको गतिविधिलाई सुक्ष्म रुपले हेर्ने बताएका छन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्