दिल्ली पब्लिक स्कुल विराटनगर र स्कुल अफ एजुकेशन काठमाडौं युनिभर्सिटीविच सम्झौता

<span class='c1'>दिल्ली पब्लिक स्कुल विराटनगर र स्कुल</span> <span class='c2'>अफ एजुकेशन काठमाडौं युनिभर्सिटीविच सम्झौता</span>

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरले विद्यालयको शैक्षिक गुणस्तरमा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन, काठमाडौं युनिभर्सिटीसँग सम्झौता गरेको छ ।

विद्यालयको मानवीय स्रोत एवम् विभिन्न स्रोत साधनहरूको विकास गर्ने उद्देश्यले शिक्षक, कर्मचारी एवम् व्यवस्थापकको पेशागत दक्षतामा अभिवृद्धि गराउन स्कुल अफ एजुकेशन काठमाडौं युनिभर्सिटीका प्रा.डा. बालचन्द्र लुइटेल र दिल्ली पब्लिक स्कुल विराटनगरका प्रिन्सिपल बी.बी लिम्बूका बिचमा चैत २८ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

आजको विश्वव्यापीकरणको युगमा विद्यार्थीहरूको सिकाइलाई पनि विश्वकै परिप्रेक्षमा तुलना गर्नु पर्ने हुन्छ । प्रतिस्पर्धाको क्षेत्र धेरै फराकिलो भएको हुदा हाम्रो शैक्षिक उत्पादनले विश्वबजारमा प्रतिस्पर्धा गर्न सकोस भन्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरुले हामीले सोचे जस्तै आफ्नो घर, परिवार, समाज र राष्ट्रको लागि काम लाग्ने राम्रा र हाम्रा नै हुनेछन्। यही कुरालाई हृदयङ्गमगदै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ दिल्ली पब्लिक स्कुल विराटनगरको स्थापना भएको विद्यालयका प्रिन्सिपल बी.बी लिम्बूले बताए।

यस विद्यालयको भौतिक पूर्वाधार नेपालकै अब्बल रहेको विद्यालयको दाबी छ । विज्ञान र कम्प्युटर प्रयोगशालाकाअतिरिक्त अबस्टीम (गणित), स्टीम (रोबोटीक्स), भाषिक(नेपाली, अङ्ग्रेजी एवम् चाइनिज भाषाआदि) सीप सिकाउने अत्याधुनिक प्रयोगशालाहरूको निर्माण कार्य भइसकेको प्रिन्सिपल लिम्बूले जानकारी दिए ।

व्यवहारिक किसिमले विषयगत सीप सिकाउँदै विद्यालयलाई अब नयाँ ढङ्गले अगाडि बढाउनका लागि काठमाडौँ, दार्जिलिङ, दिल्लीआदि ठाउँहरूबाट विषय विज्ञहरूको नियुक्ति भइसकेको विद्यालयले जनाएको छ ।

अब राम्रो शिक्षा लिन काठमाडौँलगायत छिमेकी मुलुक वाअन्य तेस्रो मुलुक जानु नपर्ने विद्यालयका प्रिन्सिपल लिम्बूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्