विराटनगरमा भित्रियो हिकभिजनका उत्पादन

विराटनगरमा भित्रियो हिकभिजनका उत्पादन

विराटनगर । विराटनगर–११ जनपथ टोलमा रिद्दी सप्लायर्सले हिकभिजका उत्पादनहरुको आधिकारिक बिक्रेताको कारोबार सुरु गरेको छ ।

बैशाख १ गते नवनिर्मित शो–रुम भवनको उद्घाटन गरिएसँगै सामाग्रीहरुको बिक्री सुरु भएको हो ।

सन्तोष रिजालले शो–रुमको उद्घाटन तथा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले दिप प्रज्वलन गरेकी थिइन् । उनले सूचना–प्रविधिको युगमा नयाँ मोडलका सामाग्रीहरु भित्रदाँ त्यसले सामाजिक सुरक्षालाई समेत सहयोग गर्ने बताएकी थिइन् ।

हिकभिजनका सिसी टिभी मात्रै नभई एक्सेस कन्ट्रोल, मनिटर, हाजिरी, भिडियो डोरफोन, ठूला लेड बोर्ड, पार्किङ सोलुसन, चेक पोइन्ट, ट्राफिक राडार क्यामरा, स्मार्ट सिटी, स्मार्ट होम फायर अलार्म, बुम बेरियर जस्ता सामान बजारमा बिक्री गरिन्छ ।

विगत एकदशकदेखि विराटनगर मेडरोडमा मल्टिफ्लेक्स इन्फो सिस्टमको सिस्टर अर्गनाइजेशनको रुपमा जयन्त बोथराले आफ्नै निजी निवासमा २४ घण्टा सेवा दिनेगरि आधिकारिक बिक्रेताको कारोबार सुरु गरेका हुन् । हिमभिजनका उत्पादन नेपालको लागि आधिकारिक वितरक म्याक्सिमा मल्टिनेशन ट्रेडिङ्ग प्रा.लि.को लागि विराटनगरको आधिकािरक बिक्री प्रतिनिधि रिद्दी सप्लायर्स बनेको सञ्चालक बोथराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्