विराटनगर रानी नाकामा खटिएका प्रहरी सशस्त्रको नियन्त्रणमा

विराटनगर रानी नाकामा खटिएका प्रहरी सशस्त्रको नियन्त्रणमा

विराटनगर । सीमा क्षेत्र रानीमा जोगबनीबाट सामान खरिद गरेर फर्कनेसँग रकम असुलेको आरोपमा सशस्त्र प्रहरी बलका रानीका नौजना क्रसचेकमा परेका छन् । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश कार्यालयबाट आकस्मिक अनुगमनका आएको टोलिले बिओपी रानीबाट परिचालित उनीहरुलाई कार्यस्थलबाटै फिर्ता लगेको हो ।

उनीहरु भन्सार नबुझाई सामान लिएर आउनेसँग रकम असुलेर छोड्ने गरेको पाइएपछि डिआईजी कार्यालयको क्रसचेकमा परेका थिए । विराटनगर भन्सार कार्यालयको यात्रु शाखा अगाडी ड्यूटीमा बसेका उनीहरुले राजस्व बुझाउन प्रेरित गर्नुको सट्टा अवैध रुपमा सामान भित्र्याउनेसँग रकम असुलेर छोड्ने गरेको सुचनाका आधारमा डिआईजी कार्यालयले आकस्मिक अनुगमनमा टोलि पठाएको थियो ।

सशस्त्र प्रहरी बल टंकीका प्रहरी उपरीक्षक तिर्थ थापाले नियमित प्रक्रिया अनुसार उनीहरुलाई फिर्ता पठाइएको बताएका छन् । तर, सीमा क्षेत्रमा तस्करसँगको मिलेमतोमा रकम असुल्ने र तस्करीमा सहयोग गर्ने गरेको आरोप सशस्त्र प्रहरीलाई लाग्दै आएको छ । शुक्रबार समेत अवैध रुपमा पैठारी गरिएका सामानको भन्सार बुझाउने भन्दा आफैंले लिने गरेको पाइएपछि उनीहरुलाई फिर्ता पठाएर नयाँ खटाइएको छ ।
सशस्त्र प्रहरी बल बिओपी रानीका प्रहरी नायव उपरीक्षक प्रजित बस्नेतले भने घटनाको विषयमा थाहा नभएको बताएका छन् । तर, उनकै मातहत रहेका प्रहरीहरुले रकम असुलेको सुचना डिआईजी कार्यालयमा यस अगाडी पुगेपछि क्रसचेक गरिएको थियो ।

टंकी गणका प्रहरी उपरीक्षक थापाले नियमित भनेपछि सुरक्षाका अन्य संयन्त्रले रकम उठाएको आरोपमा सशस्त्रका केहि प्रहरीलाई सशस्त्रकै टोलिले नियन्त्रणमा लिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्