विराटनगर । माहेश्वरी युवा मञ्च र माहेश्वरी महिला मञ्च विराटनगरको आयोजनामा बालबालिका लक्षित तीन दिवसीय 'समर क्याम्प २०२३' कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको पहिलो दिन बालवालिकाहरूलाई सास्थम कलेज, एसियन बिस्कुट कन्फेक्सनरी प्रा लि तथा गुडलाइफ वेभरेजमा अध्ययन अवलोकन गराई त्यहाँको उत्पादन लगायतका विषयमा जानकारी गराइएको माहेश्वरी युवा मञ्च विराटनगरका अध्यक्ष जतिन राठीले जानकारी दिए ।
त्यसैगरी दोस्रो दिन बालबालिकाहरूलाई संस्कार, नृत्य, कला र हस्तकला सम्बन्धी प्रशिक्षण दिइएको माहेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले बताइन् । कार्यक्रमको तेस्रो दिन कुकिंग, नृत्य, गुड़ टच- व्याड टच, टेबल मेनर लगायतका विषयमा बालबालिकाहरूलाई जानकारी गराइएको मञ्चकी अध्यक्ष राठीले बताइन् ।
उनीहरूलाई पूजा राठी, सुरुची साबु, अनु धनावत, पूजा सदानी, सोहेल खान र धनन्जय अटलले प्रशिक्षण दिएका थिए । कार्यक्रमको संयोजकमा अजय राठी र चन्दा तापडिया रहेका थिए । कार्यक्रममा अमित सारडा बजरंग वाहेती, गिरिजा सारडा, अरुण राठी लगायतको सहभागिता रहेको थियो ।
तिन दिवसीय कार्यक्रममा ८२ जना बालबालिका सहभागी रहेको आयोजकले जनाएको छ ।