विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना पोजेटिभ देखिएको छ ।
निरालाको स्वास्थ्यमा सामान्य समस्या आएपछि एन्टिजेन टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको उपप्रमुखको सचिवालयले जनाएको छ ।
उपप्रमुखको सचिवालयबाट कोरोना पोजेटिभ भएको जानकारी गराउदै केही समय आराम गर्ने समेत जनाएको छ ।
विराटनगरमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुने जनाउदै कार्यालयमा पनि केही दिनका लागि उपस्थित नहुने जानकारी गराएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ ।