‘युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप’ तालिममा सहभागीलाई प्रदेश सभाको अवलोकन भ्रमण

‘युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप’ तालिममा सहभागीलाई प्रदेश सभाको अवलोकन भ्रमण

विराटनगर । विकल्प एन अल्टरनेटिभ र पोखरा रिसर्च सेन्टरको संयुक्त आयोजना तथा अमेरिकी दुतावास काठमाडौँको सहयोगमा आयोजना गरिएको "युथ इन पोलिसी एण्ड गभर्नेन्स फेलोसिप कार्यक्रम" को दोश्रो चरणको तालिममा सहभागी युवाहरुले कोशी प्रदेश सभाको अवलोकन भ्रमण गरेका छन् ।

२० देखी ३० वर्षका युवाहरुलाई कानुन तथा सार्वजनीक निति निर्माणमा सहभागी गराई प्रदेश सभाका सदस्यहरुसँग रहेर काम गर्दै प्रदेश सभालाई बलियो बनाउन सहयोग गर्ने उद्देश्यले आयोजित तालिमको एक शेसनमा प्रदेश सभा सचिवालय र सभा भवन अवलोकन गर्ने तर्जुमा भए अनुसार सहभागी २३ युवाहरुसहित आयोजक समुहले अवलोकन भ्रमण गरेको विकल्प एन अल्टरनेटीभका कार्यक्रम संयोजक सुमन राईले बताए ।

अवलोकनको क्रममा प्रदेश सभा कसरी संचालन हुन्छ , सभा सदस्यहरुको बसाइको मर्यादाक्रम कस्तो हुन्छ , सभा सदस्यहरुले कुन समयमा कसरी कति मिनेट बोल्न पाउछन र सभाको अनुशासन तथा नीति नियम इत्यादिका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
सहभागीहरुले सचिवालयको पुस्तकालय तथा सांसदहरुको कार्यकक्ष अवलोकन गरी कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई उनकै कार्यकक्षमा भेटेका थिए । भेटको क्रममा सभामुख गौतमले सहभागीहरुसँग आधा घण्टा अन्तरक्रिया गरेका थियो । सो क्रममा युवाहरुले प्रदेश सरकारको भूमिका र यसका नीतिनियम इत्यादि विषयमा रहेका विभिन्न जिज्ञासा तथा गुनासो सहित सल्लाह सुझाव पनि दिएका थिए भने सभामुख गौतमले सल्लाह सुझावको लागि धन्यवाद दिंदै प्रदेश सभा संचालन , यसको भूमिका , चुनौती तथा प्रदेश सरकारको औचित्यको विषयमा थप जानकारी गराएका थिए । गौतमले युवा तथा प्रदेश सांसदहरुलाई सहकार्य गराएर नीति निर्माणमा सहभागी गराउने उद्देश्य राखेको यस वाई पी जी फेलोशिप कार्यक्रम अत्यन्त राम्रो रहेको र यसले निकट भविष्यमै सकारात्मक नतिजा दिनेमा विश्वस्त रहेको पनि बताएका थिए ।

वाई पी जी क्याम्प २ मा कोशी प्रदेश सभा सदस्यहरुसंग सहभागीहरुले अन्तरक्रिया गरिएको थियो । तालिमको तेस्रो दिन कोशी प्रदेश सभा सदस्य नेपाली कांग्रेसका केदार कार्की , नेकपा एमालेका जय प्रकाश चौधरी र नेकपा माओवादी एकिकृतकी सपना परियारसंग प्रदेश सरकारको औचित्य तथा महत्व , यसको संचालन विधि , नीति नियम , सभा सदस्यहरुको भूमिका तथा चुनौती जस्ता विविध विषयमा सहभागीहरुले अन्तरक्रिया गरेका थिए ।

प्रत्येक सहभागीहरुलाई उपस्थित प्रदेश सांसदहरुसंग सम्बन्धित विषयमा आफ्नो प्रश्नहरु राख्ने समय बेला बेला दिईएको थियो। उपस्थित सांसदहरुले पनि सहभागीका प्रश्नहरुलाई प्रष्ट पारेका थिए । अन्तरक्रियाको मध्यस्थकर्ताको भूमिका रुपमा कार्यक्रम प्रस्तोता सविन घिमिरेले निर्वाह गरेका थिए । चैत्र २५ गते देखि २८ गतेसम्म विराटनगरको रत्ना होटेलमा आयोजित युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप क्याम २ मा सरकारी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुले विभिन्न विषयमा कक्षा लिएका थिए । पहिलो क्याम्पमा सहभागी ५० जनाबाट छनौट भएका कोशी प्रदेशका ९ वटा जिल्लाका २३ सहभागी दोस्रो क्याम्पमा सहभागी भएका हुन् ।

अन्तिम चरणमा १२ जनालाई छनौट गरि तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसँग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइन्छ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुशासन , सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्ने छन् ।

के हो युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप (YPG Fellowship) ?

युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप पोखरा रिर्सच सेन्टरको पहलमा सन् २०२० देखिसुरु गरीएको कार्यक्रम हो । सन् २०२० मा सुरु गर्दा यसलाई “Pre-professionals Parliamentary Support Program Fellowship” अर्थात पुर्व व्यवसायीक संसदीय सहयोग कार्यक्रमको नाममा सुरु गरिएको थियो भने सन्२०२३ देखि पुन: ब्राण्डिङ्ग गरेर यसको नाम युथ इन पोलिसी एंड गभर्नेन्स फेलोसिप (YPG Fellowship) राखिएको हो । सन् २०२० । २१ मा पहिलो पटक गण्डकी प्रदेशमा यो फेलोसिपको आयोजना पोखरा रिसर्च सेन्टरले अमेरिकी दुतावास काठमान्डौको सहयोगमा संचालन गरे पश्चात २०२१। २२ मा कर्णाली प्रदेशमामा दुतावासकै सहयोगमा ऋति फाउन्डेसन सँगको सहकार्यमा संचालन भएको थियो भने गण्डकी प्रदेशमा नेसनल ईण्डोमेण्ट फर डेमोक्रेसीको सहयोगमा संचालन गरिएको थियो । २०२२।२३ मा प्रदेश १ मा पहिलो पटक यो कार्यक्रम २०७९ फागुन १३ देखि २५ सम्म विराटनगरमा संचालन भएको थियो जसमा कोशी प्रदेशका ५० युवायुवती सहभागी थिए।

यस फेलोसिपका लागि २० देखि ३० वर्षका कम्तीमा स्नातक तहमा अध्ययन गरिरहेका तथा सम्बन्धित प्रदेशमा कम्तीमा १ वर्ष देखी बसोबास गर्दै आएका नेपाली नागरिकले आवेदन दिन पाउछन । आवेदकहरु मध्येबाट सुरुको चरणमा ५० जना लाई छनौट गरी पहिलो तहको तालिम दिईन्छ जसबाट २५ जनालाई छनौट गरि दोस्रो तहको तालिम दिइन्छ । अन्तिम चरणमा १२ जनालाई छनौट गरि तेस्रो तहको तालिम पश्चात प्रदेश सभाका सदस्यहरुसँग ज्ञान सहयोगीका रुपमा ६ महिना काम गराइन्छ । तालिमका क्रममा युवाहरुले सार्वजनिक नीति निर्माण, सुसाशन, सरकारको संरचना, अनुसन्धान आदिका बारेमा प्रशिक्षण प्राप्त गर्ने छन् ।

वाई. पि. जी. फेलोहरुले प्रदेश सभाका सहस्यहरुको निगरानीमा रही, तोकिएका सदस्यहरुसगँ संसदिय कार्यका लागि सक्रिय रुपले २६ हप्तासम्म (१६ घण्टा प्रति हप्ता) काम गर्नेछन्। फेलोहरुले विषेश गरेर प्रदेश सभाका सदस्यहरुका लागि अध्ययन तथा अनुसन्धान गरी सभामा प्रश्न गर्नका लागि प्रश्नहरुको खेस्रा बनाउने, भाषण गर्नका लागि भाषण वा छलफलका लागि कुनै कागज तयार गर्नुका साथै सार्वजनिक महत्वका विषयहरुलाई उठाउन सहयोग गर्ने आदि कामहरु गर्नेछन्। प्रदेश सभा बन्द भएका बेला, फेलोहरु विभिन्न नीति तथा विकास सम्बन्धी प्रशिक्षण वा तालिममा सहभागी हुनेछन् भने शासन पद्दतिको विस्तृत तथा व्यवहारिक ज्ञान लिनका लागि केही अवलोकन भ्रमणमा पनि जानेछन्।

वाई. पि. जी. फेलोहरुको भूमिका
वाई. पि. जी. फेलोसिपले सहभागी युवाहरुलाई प्रदेशसभाका सदस्यहरुसंग २६ हप्तासम्म सहयोगी भएर काम गर्ने अवसर प्रदान गर्नेछ । फेलोसिपको क्रममा, फेलोहरुले विभिन्न क्षेत्रहरुबाट आएका व्यावसायिक व्यक्तिहरुसंगका बैठकहरुमा सहभागी भई प्रदेशको नीति निर्माण तथा विकासका विषयको ज्ञान प्राप्त गर्नेछन्। फेलोहरुले प्रदेश सभा सदस्यहरु सगँ विधेयकका बारेमा अध्ययन अनुसन्धान गर्ने, सभामा गर्ने प्रश्नहरु, नीति सम्बन्धी छलफलहरु आदिका बारेमा अध्ययन गरी आफुलाइ तोकिएको प्रदेश सभा सदस्यलाई जानकारी गराउने छन् । केही प्रदेश सभा सदस्यहरुले आफ्ना वाई. पि. जी. फेलोलाई आफ्नो निर्वाचन क्षेत्रसंग सम्बन्धित कार्यहरु (निर्वाचन क्षेत्रको भ्रमण) पनि गराउन सक्छ। त्यसलाई कसरी गर्ने भन्ने जिम्मा भने प्रदेश सभा सदस्य र फेलोबिच भएको सहमती अनुरुप नै हुनेछ । फेलोको अध्ययन तथा अनुसन्धानले मुख्यतः बहुआयामिक मुद्दाहरु जस्तै सार्वजनिक सेवाको संम्प्रेषण, सुशासन, वातावरणका मुद्दाहरु, अर्थतन्त्र र विदेश नीतिहरुमा विशेष ध्यान दिनुपर्नेछ ।

अध्ययन गर्ने विषयहरु यस्ता छन् :
संसदीय प्रक्रियाका बारेमा अध्ययन/अनुसन्धान
तथ्यांकहरुको विश्लेषण
नीतिसँग संम्बन्धित मुद्दाहरु बनाउन मद्दत
छलफल तथा मिडियाका कार्यक्रमका लागी पृष्ठभूमिको अध्ययन
संसदको उप–समितिहरुका लागी छलफल गर्न विषयवस्तुको अध्ययनमा
सहयोग
प्रेस विज्ञप्ती, टि.भी. अन्र्तवार्ताका लागि तयारी जस्ता मिडिया सम्बन्धी कार्य
निर्वाचन क्षेत्र सम्बन्धी अध्ययन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्