विराटनगर । विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा आईतबार आयोजित कार्यक्रममा विराटनगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
उपमेयर शिल्पा निराला कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने कार्यक्रमको उद्देश्यमाथि प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा मेयर कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणा गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिनुभयो । त्यस्तै कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला तावा लिम्बू, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा १९ वटै वडाध्यक्षहरुलाई खोप सुनिश्चि भएको वडाको प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।