विराटनगर । विराटनगरको बजार क्षेत्रमा कहिले साईकल चोर्ने त कहिले स्कुटी चोरी गर्ने एक युवा पक्राउ परेका छन् ।
सुनसरी दुहवी १ का २१ बर्षिय दिपेश कुमार मोची आईतबार विहान विराटनगर ९ न्युरो हस्पिटल छेउबाट स्कुटी चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
न्युरो हस्पिटल छेउमा व्याग पसल संचालन गर्दै आएका प्रविण कुमार साहको स्कुटी पार्किङ्ग गरेको अवस्थामा नक्कली चावी प्रयोग गरी लिएर हिड्ने अवस्थामा देखेपछि मोचीलाई नियन्त्रणमा लिई प्रहरी समक्ष बुझाएका थिए ।
साहको को २२ प ७३३४ नम्बरको रातो कलरको यमाहा रे जेटको स्कुटीमा सेन्सर लगाएका कारण चोरी गर्दै गरेको स्कुटी नियन्त्रणमा लिन सफल भएका थिए ।
स्कुटी चोरी गर्ने मोचीले गत सोमबार विराटनगर ९ स्थित अरनवी प्रिन्टर्स प्रेसबाट अभिनास गुप्ताको पार्किङ्ग गरेर राखेको साईकल चोरी गरेका थिए । प्रेस भित्र राखिएको सिसी क्यामारामा साईकल चोरी गर्दै गर्दाको फुटेजमा आफुले नै चोरी गरेको स्वीकारेका छन् । नियन्त्रणमा रहेका मोचीलाई हाल वडा प्रहरी कार्यलय विराटनगर (क )मा राखि थप अनुसन्धान भईरहेको छ ।