विराटनगर–रंगेली हुलाकी सडक ः सवारी छेक्छ, मान्छे पुर्ने धुलो उड्छ

विराटनगर–रंगेली हुलाकी सडक ः सवारी छेक्छ, मान्छे पुर्ने धुलो उड्छ

रबिन्द्र बराल
रंगेली । रंगेली –बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगरसम्मको सडक धुल्यामै हुँदा सर्वसाधारण सास्ती भोग्न बाध्य छने । सडक निर्माण कार्यमा ठेक्केदार कम्पनीको ढिलासुस्तीका कारण सडक धुल्यामै र खाल्डाखुल्डी भएपछि दैनिक आवतजावत गर्न समस्या बढेको हो ।

सडक यात्रा सर्वसाधारणका लागि जोखिम समेत बनेको छ । रंगेलीदेखि बिराटनगरसम्म पुग्नका लागि ३० मिनेट लाग्ने मात्रै दुरी भएपनि अहिले एक घण्टामा यात्रा गर्न कठिन बनेको छ । स्थानीय बालकृष्ण उप्रेतीले यात्रा गर्न जसोतसो सकेपनि घर फर्कदा धुलोका कारण बिरामी पर्ने समस्या रहेको बताए । सबारी साधन धुलोले छेक्छ र मान्छेलाई पुर्छ, उप्रेतीले भने यात्रामा कठिनाई भएको छ, निर्माण कहिले सकिन्छ पत्तो छैन ।

रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका मंङ्लबारेदेखि बिराटनगरसम्म १६ किलोमिटर सडक निर्माणकार्य सुरु भएको ३ बर्ष बितिसक्दा समेत भत्काएर छोडिएको सडकमा ठेकेदार फर्केका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयले उक्त सडक निर्माणकार्य का लागि पी÷एस गजुरमुखिमोतिदान जेभी लाई २०७६ कार्तिक २४ गते सम्झौता गरेर २०७९ कार्तिक सम्म निर्माणकार्य सम्पन्न गर्ने समय अबधि ३६ महिना को दिएता पनि अहिलेसम्म पनि सडको काम सम्पन्न भएको छैन ।

हुलाकी राजमार्ग अन्तर्गतको रंगेली नगरपालिकाको ७ किलोमिटर कालिका कन्ट्रक्सनले ठेक्का समय भन्दा १ बर्ष अगाडि नै निमार्ण कार्य सम्पन्न गरेको भएता पनि मंङ्लबारे देखि बिराटनगर सम्मको १६ किलोमिटर सडक भने अहिलेसम्म निर्माणकार्य सम्पन्न हुन सकेको छैन । धनपालथान गाउँपालिकाको मंगलबारेदेखि जुडिपुल सम्मको सडक निर्माणकार्यका लागि पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । त्यसैगरी जुडि पुल देखि बिराटनगर को हाटखोला सम्मको सडक निर्माणकार्य गर्ने श्रेष्ठ कन्सट्रक्सन कम्पनी हेटौडाले जिम्मेवारी पारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्