रबि लामिछानेको गाडीका चालक घरबाट झरेको घटनामा महामन्त्री ढकालका चालक पक्राउ

रबि लामिछानेको गाडीका चालक घरबाट झरेको घटनामा महामन्त्री ढकालका चालक पक्राउ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चितवन–११ स्थित भाडाको तीनतले घरको छतबाट उनका सवारी चालक खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छतबाट खसेका लामिछाने चढ्ने सवारीका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार आत्महत्या प्रयास हो वा अरु कुनै कारणले यस्तो भएको हो, त्यो बारेमा अनुस्न्धान सुरु गरिएको छ ।

लामिछानेले तीन तलाको घर भाडामा लिएका छन् । घरको तेस्रो तलाबाट लामिछानेका चालक थापा खसेको सिसिटिभी फुटेजमा देखिन्छ । थापा कसरी छतबाट खसे भन्ने बारेमा थप अनुसन्धान गरेर मात्रै सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । उनलाई कसैले धोकालेको हुनसक्ने अनुमान गरिएको छ । विहान करीव ४ बजेतिर थापा छतबाट खसेलगत्तै दुई जनाले उठाएको सिसिटिभी फुटेजमा देखिन्छ ।

चालक थापाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनलाई अस्पताल ल्याएलगत्तै सबै चेकजाँच गरी टाउकोको शल्यक्रिया गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्