विराटनगरका उद्योगीलाई बिद्युत धोका

विराटनगरका उद्योगीलाई बिद्युत धोका

विराटनगर । विराटनगरका उद्योगीलाई फेरी विद्युतले धोका दिएको छ । गत पुसम महिनादेखि अनियमित आपूर्ति, बारम्वारको ट्रिपिङ, लो भोल्टेज, पूर्व सूचना नदिई विद्युत कटौती जस्ता कारणले उद्योग सञ्चालनमा समस्या भएको हो ।

लामो समयदेखि बजारमा ब्याप्त मन्दि, वैंकको चर्को ब्याजदर लगायत आन्तरिक तथा वाह्रय कारणले शिथिल बनेको उद्योग व्यवसायमा बिद्युतले धोका दिएर हैरानीमा पारेका हो ।

वर्तमान विषम परिस्थितीमा समेत आन्तरिक बजारको माग र आपूर्तिलाई सन्तुलनमा राख्न, आयातित वस्तु माथिको परनिर्भरतलाई कम गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउदै आईरहेका उद्योग व्यवसाय विद्युत समस्याका कारण निर्वाध संचालन हुन नसकेको उद्योगीहरुको भनाई छ । यस्तै स्थिति रहे उद्योगी÷व्यवसायी सडकमा आउनुको विकल्प नरहने उद्योग संगठन मोरङले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

विद्युत आपूर्तिमा आईरहने समस्याका कारण उत्पादन प्रकृया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी विग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक रुपमा संचालन खर्च तथा उत्पादन लागतमा वृद्धि हुदै गएको छ भने उत्पादित वस्तुको गुणस्तरमा र प्रतिष्पर्धात्मक क्षमता नै हस आईरहेको छ । औद्योगिक क्षेत्रको निर्वाध संचालनका लागि अत्यन्त महत्वपूर्ण कम्पोनेन्टका रुपमा रहेको विद्युत आपूर्तिलाई कुनैैपनि सूचना नदिई एवं विभिन्न कारण देखाई कटौति गरिदिदा उत्पादन लागतमा हुने वृद्धि केवल उद्योगको मात्र नभई राज्यको नोक्सानीका रुपमा समेत लिई यसतर्फ गम्भीर हुन संगठनले अनुरोध गरेको छ ।

उद्योग संगठन मोरङले सार्वजानिक रुपमा अपिल जारी गर्दै नेपाल बिद्युत प्राधिकरण समक्ष नियमित आपूर्ति प्रणाली मिलाउन सोमबार आग्रह गरेको छ । बर्तमान जटिल अवस्थाका वावजुद संचालनमा रहेका उद्योग प्रतिष्ठानले विद्युत आपूर्तिमा आईरहने समस्याका कारण भोग्नु परेको गम्भीर नकारात्मक प्रभावलाई दृष्टिगत गरी विद्युत प्राधिकरणले विद्युत आपूर्तिको समस्यालाई समस्याको रुपमा लिई यस्को उपयुक्त समाधान खोजि विद्युत आपूर्ति नियमित गरी सहज औद्योगिक वातावरण तयार गर्न संगठन अपिल गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्