विराटनगरमा वायु प्रदुषण सम्बन्धी युवा सम्मेलन

<span class='c1'>विराटनगरमा वायु प्रदुषण</span> <span class='c2'>सम्बन्धी युवा सम्मेलन</span>

विराटनगर । एनवाईसीए विराटनगरले वायु प्रदुषण सम्बन्धी युवा सम्मेलन गरेको छ।

वैशाख ३ गते विराटनगरको बढ्दो वायु प्रदुषणबारे सचेत गराउने उद्देश्यले वायु प्रदुषण सम्बन्धी युवा सम्मेलन गरेको हो।

यो कार्यक्रम अमेरिकी दुतावास , क्लिन इनर्जी नेपाल र अमेरिकन कर्नर विराटनगरको सहकार्यमा उद्योग संगठन मोरंगको हलमा आयोजना गरिएको कार्यक्रममा ६५ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सामाजिक कार्यमा स्नातक, कानूनका विद्यार्थी, जनस्वास्थ्यमा स्नातक, वन लगायतका विभिन्न संकायबाट भएकाले कार्यक्रमलाई विविधीकरण गर्न ६५ जना सहभागीहरूमध्येबाट २० युवाहरूलाई छनोट गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा विराटनगरको वायु प्रदुषण सम्बन्धी केही तथ्याङ्क सहितको प्रस्तुति र वायुको गुणस्तर सूचकाङ्कको मापदण्ड बुझ्ने गरी प्रस्तुत गरिएको थियो ।

सहभागीहरुलाई ४ वटा बिषयमा आफ्नो प्रस्तुति दिन लगाइएको थियो जसको समीक्षा चुडामणि भट्टराई उद्योग संगठन मोरंगबाट युगदीप लुइटेल ,सरकारी वातावरण इन्जिनियर र महेन्द्र मोरङको मौसम तथा जलवायु परिवर्तनका प्राध्यापक प्रमोस सिलवाल थिए ।

कार्यक्रमको नेतृत्व एनवाईसीए विराटनगरका नेटवर्क संयोजक मदिप शाहले गरेका थिए।

उक्त कार्यक्रम क्लिन एयर क्याम्पेन विराटनगर अन्तर्गत गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्