सरकारसँगै फेरिन्छन् कोशी अस्पताल विराटनगरका मेसु

<span class='c1'>सरकारसँगै फेरिन्छन् कोशी</span> <span class='c2'>अस्पताल विराटनगरका मेसु</span>

विराटनगर । कोशी अस्पताल विराटनगरमा भर्खरै नियुक्त भएका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन गर्ने हल्ला पहिल्यै चलेको छ । स्वास्थ्य मन्त्रालयमा मन्त्री फेरिएपछि कोशीमा मेसु फेरिने परम्परा दोहोरिन लागेको भन्दै त्यसको चर्चा व्यापाक बनेको हो । मेसु परिवर्तन गर्न लागिएको भन्दै अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले सामाजिक सञ्जालमै लेखेका छन् ।

कोसी प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था हो । अस्पतालमा राजनीतिक र व्यक्तिगत स्वार्थ हाबी हुँदा मन्त्री फेरिएपछि पार्टीगत मेसु नियुक्ति गर्ने चलन चल्दै आएको छ ।
गत फागुन २ गते निमित्त मेसुको जिम्मेवारी पाएका वरिष्ठ कन्सलटेन्ट सर्जन डा. रविनराज सिंहलाई हटाएर अस्पतालमा नयाँ मेसु नियुक्त गर्न लागिएको छ । दुई महिना नपुग्दै उनलाई हटाउन लागिएको हो । हुन त यस अगाडीका मेसु डा. लक्ष्मीनारायण यादवले डा.यज्ञराज खरेललाई पनि त्यसरी नै विस्थापित बनाएर नियुक्त भएका थिए । यादवलाई समेत सिंहले विस्थापित गरेर नियुक्ति लिएका थिए ।

पछिल्लो समय सरकारी स्वास्थ्य संस्था राजनीतिक र व्यक्तिगत स्वार्थको कोपभाजनमा पर्दै गएको छ । कोशी अस्पतालमा व्यापक लगानीमा संरचना निर्माण हुँदैछ । त्यसले समेत मेसु परिवर्तनलाई पक्ष र विपक्षमा उभियाएको छ । अस्पताल विकास समितिले समेत मेसु हेरेर आफ्ना गतिविधि गर्दै आएको छ । अस्पताल विकास समिति एमाले निकट छ । मेसु पनि एमाले निकट नै ल्याउने चाहना राख्दै आएको छ । अहिले प्रधानमन्त्रीसँग स्वास्थ्य मन्त्रालय रहेको छ । तुरुन्तै मेसु परिवर्तन गरेर ल्याउने प्रयास भएपछि त्यसको विरोध सुरु भएको हो ।

पछिल्लो १ वर्षभित्र मात्रै अस्पतालमा ३ जना मेसु फेरिएका छन्। २०७८ फागुन ५ मा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेललाई निमित्त मेसुको जिम्मेवारी दिइयो। उनलाई हटाएर भदौ १६ गते वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवलाई स्वास्थ्य मन्त्रालयले निमित्तको जिम्मेवारी दियो। यादवका ठाउँमा गत फागुन २ गते डा. सिंहलाई उक्त जिम्मेवारी दिइएको हो। यस बीचमा फेरिएका सरकार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका आधारमा मेसु आएका हुन् ।

खरेल, यादव र सिंह १० औँ तहका चिकित्सक हुन्। अस्पतालमा ११ औँ तहका २ जना चिकित्सक कार्यरत छन्। तर, उनीहरूले मेसु बन्न रुचि नदेखाएपछि १० औँ तहका चिकित्सकलाई निमित्तको जिम्मेवारी दिने गरिएको छ । २०६१ सालयता अस्पतालमा १७ जना मेसु परिवर्तन भइसकेका छन्। सरकार जसरी परिवर्तन हुन्छ, स्वास्थ्य मन्त्रालयमा मन्त्री फेरिए जस्तै कोशीमा मेसु पनि परिवर्तन हुने गरेको छ ।
अस्पतालमा ३ सय ५० बेड सञ्चालनमा छ। दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि १ हजार ५ सय जनाभन्दा बढी आउने गरेका छन्। लगभग २ सय जना आकस्मिक विभागमा भर्ना हुन्छन्। विभिन्न वार्डमा भर्ना हुनेको संख्या दैनिक ३ सय हाराहारी रहेको अस्पतालले जनाएको छ।

१ सय ३२ वर्ष पुरानो अस्पतालले कोशीसहित मधेस प्रदेश र भारतका बिरामीलाई सेवा दिइरहेको छ। अस्पताल प्रशासनले १ हजार १ सय २५ जनाको दरबन्दी स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइएको छ । अस्पतालमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक तथा सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स कार्यरत छन्। तर, स्वास्थ्यकर्मी र कर्मचारी अपुग रहेको अस्पताल प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्