विराटनगरका राउतलाई जिल्ला, प्रदेश र केन्द्रमा एकैपटक जिम्मेवारी

विराटनगरका राउतलाई जिल्ला, प्रदेश र केन्द्रमा एकैपटक जिम्मेवारी

विराटनगर । विराटनगरका उद्योगी राजेन्द्र राउत जिल्ला प्रदेश र केन्द्रमा एकैपटक नेतृत्वमा जिम्मेवारीमा पुगेका छन् ।

उद्योगी राउत उयदपुर उद्योग वाणिज्य संघको अध्यक्ष, कोशी प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष र केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका हुन् ।

उनले उदयपुर उद्योग वाणिज्य संघमा अध्यक्ष निर्वाचित भएको एक महिना नपुग्दै कोशी प्रदेश अध्यक्ष र कोशी प्रदेश अध्यक्ष निर्वाचित भएको महिना नपुग्दै केन्द्रीय कार्यकारिणी समिति सदस्य हुने अवसर पाएका हुन् ।

आर्थिक मुद्दामा गम्भीर राउत राज्यले लिएको नीतिले कसरी असर गरिरहेको छ भन्ने कुरा अध्ययन नगरी हतपत बोल्न मान्दैनन् ।

उनले बैंकको ब्याजदर लगायतले औद्योगिक तथा व्यवसायीक क्षेत्रलाई असर पारेको बताउँदै आएका छन् । तर, बैंकबाट लिइएको ऋण प्रयोजन विपरित लगानी हुने गरेको विषयमा उनको फरक मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्