आदर्शका शिक्षकलाई क्षमता विकास तालिम

आदर्शका शिक्षकलाई क्षमता विकास तालिम

विराटनगर । विराटनगरस्थित आदर्श माविले शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । चार दिनसम्म सञ्चालन हुने तालिममा पाठ्यक्रमको प्रविधिकरण, शिक्षकहरुका लागि आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण, मूल्यांकनका विधि तथा तौरतरिका,शैक्षिक सामग्री संकलन र प्रयोग गर्ने विधिलगायतका विषयमा जानकारी गराइनेछ ।

उनीहरुलाई समूहमा विभाजन गरेर प्रशिक्षण दिइने विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । कक्षा १ देखि १० सम्म शिक्षण सिकाईमा संलग्न रहँदै आएका ६२ जना शिक्षकलाई तालिम दिइने पोखरेलले बताए । नेपाली र अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको विद्यालयमा नयाँ भर्नाका लागिसमेत अत्यधिक चाप हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्