विराटनगरको माछापुच्छ्रे सहकारीलाई शेयर सदस्यको ९० दिन म्याद, बचत फिर्ता नदिएको आरोप

विराटनगरको माछापुच्छ्रे सहकारीलाई शेयर सदस्यको ९० दिन म्याद, बचत फिर्ता नदिएको आरोप

विराटनगर । विराटनगर ७ शनिमन्दिर नजिकै रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नदिएको भन्दै सञ्चालकमाथि प्रश्न उठाइएको छ । बरगाछीमा रहेको ईन्द्रणी पाटी प्यालेसमा सोमबार विशेष भेला आयोजना गरिएको थियो । भेलामा सेयर सदस्यहरुले सञ्चालकहरुलाई गालीगलौज गर्दै दुःखले जम्मा गरेको रकम अपचलन गरेको आरोप लगाएका हुन् ।

सेयर सदस्यहरुले मञ्चमा बसेका सहकारीका संचालकहरुलाई गालीगलोज गर्दै कार्यक्रम बहिस्कार समेत गरेका थिए । सहकारीका संचालकहरु अमलुेश कर्ण, प्रभाकर थापा (संजय) श्यामराज कोईराला, अमित कार्की , उत्तम ढुङ्गेललगायतले रकम अपचलन गरेको आरोप छ ।

सेयर सदस्यहरुले सहकारीले बेलैमा रकम फिर्ता नगरेको भन्दै रकम कहाँ गयो भनेर सोधेका थिए । बचत रकम फिर्ता गर्ने समयावधी भईसक्दा पनि रकम फिर्ता नगरेका कारण कार्यक्रम स्थलमा नै सचालकहरुलाई पैसा फिर्ता गर्न ¥याख¥याख्ती पारिएको थियो ।
यस अघी पनि नै सोही ठाँउमा भेला भई रकम फिर्ता गर्ने सहमती भएको थियो । सहकारीका अधिकांश संचालकहरु केही महिना सम्पर्कविहीन भई आफुहरुले बल्लतल्ल फेला पारी ल्याएको समेत उनीहरुले बताए । झन्डै ८ सय भन्दाबढी सेयरसदस्य रहेको सहकारीका अधिकांशको पैसा फिर्ता नगरेका कारण घरायसीदेखी स्कुलमा छोराछोरीलाई भर्ना गराउन समेत समस्या हुन थालेको सेयर सदस्यहरुको गुनासो थियो ।

कतिपय सेयर सदस्यहरुले त मञ्चमा बसेका संचालकहरुलाई आक्रोस व्यक्त गर्दै तत्काल राजिनामा दिन आग्रह गरेका थिए । सोमबार दिनभर नै विवाद भएपछि जिल्ला प्रहरी कार्यलय मोरङले सादा पोसाकमा प्रहरी समेत खटाएको थियो । लामो समयसम्म जम्मा गरेको रकम फिर्ता नगरेका कारण आक्रोसित सेयरसदस्यहरुले सहकारीका अध्यक्ष अमलेसकर्ण माथी हातपात समेत गरेका थिए ।
निकै लामो समयसम्म विवाद भएपछि ९० दिनभित्र सेयरसदस्य तथा बचतकर्ताहरुको रकम फिर्ता गर्ने सहमति भएको छ । प्रदेश सहकारी रजिष्टार कार्यालयका प्रमुख हरी बहादुर खत्री, सहकारी संघ मोरङ कोषाअध्यक्ष अमृत गुरुङ लगायतको रोहबरमा ९० दिनभित्र सबै बचतकर्ताको पैसा फिर्ता गर्ने गरी कागज बनाई विवादलाई टुङगाइएको हो ।

८ करोड फिर्ता गर्नु १२ करोड सम्पती
हाल बचतकर्ताहरुको ८ करोड रकम फिर्ता गर्नुपर्ने हिसाबमा देखिएको छ । संचालकहरुको हाल १२ करोड सम्मको सम्पत्ति र जग्गाहरु रोक्का गरिएको छ । यता ९० दिन भित्र पनि सबै बचतकर्ताको रकम फिर्ता नगरिए उक्त रकम बराबरको जग्गाहरु लिलाम गरी त्यहीबाट सबै रकम फिर्ता गराउने सम्मको सहमती गराइएको थियो ।

पछिल्लो समय विराटनगरका अधिकास सहकारीहरु एक पछि अर्को गर्दै विवाद र कारबाहीको दायरमा पर्दै आएका धेरै छन् । विराटनगर महानगरपालिकाको सहकारी नियमावली ऐन विपरीत रहेका सहकारीहरुलाई कारबाहीको दायरामा ल्याएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ७७ वटा सहकारी अनुगमन गरिएको थियो । त्यसमध्ये ९ वटा सहकारी कारबाहीमा परेको तथ्याङक महानगरसँग छ । विराटनगरको अनमोल ,सुमेरु ,मानुषी ,नमस्ते , सिद्धार्थ नारायण , युनिक , स्वागतम् लगायत रारा, तलुसी विवादमा मुछिदै आएका छन् । यस अघि सहकारीको ठुलो रकम हिनामिना गरेको आरोपमा तुलसी सहकारीका संचालकहरु पुर्पक्षका लागी जेल चलान समेत भईसकेका छन् ।

त्यसैले बचतकर्ताहरुले भोलीको दिनमा कुन र कस्तो अवस्थाको सहकारीमा पैसा जम्मा गर्दैछु बेलैमा चिनेर अनि बुझेर मात्र रकम बचत गर्नु आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्