पछिल्लो २४ घण्टामा देशभर एक सय ७१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर एक सय ७१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १७१ जना कोरोना संक्रमित थपिएका छन् ।

२२९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणका कारण २ जनाको मृत्यु भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३१४९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्