विराटनगरको बजार क्षेत्रका सडक पार्किङ निषेध गर्ने महानगरको निर्णय पुनः लागु

विराटनगरको बजार क्षेत्रका सडक पार्किङ निषेध गर्ने महानगरको निर्णय पुनः लागु

विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई पुनः निरन्तरता दिएको छ । पार्किङस्थललाई व्यवस्थित गरेसँगै महानगरले सडक पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयनमा ल्याएको हो ।

मंगलबारदेखि पुनः पूर्ववत् अवस्थामै तोकिएका पार्किङस्थलमा सवारी राख्ने कार्य कार्यान्वयनमा ल्याएको छ । मंगलबार शनिमन्दिरदेखि अस्पतालचोक, जलजलाचोकदेखि पञ्चमुखी हनुमान मन्दिर, ट्राफिकचोक आसपास र हिमालय रोडलाई पार्किङ निषेध गर्ने महानगरको यसअघिको निर्णय कार्यन्वयनमा ल्याइएको छ ।

पार्किङ स्थलमा सिसी क्यामेरा र बत्ती जडान गर्नुका साथै ग्राभेल गरिएको छ । नगर प्रहरीका प्रमुख राजन पौडेलले व्यापारीहरुको माग अनुसार पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाएसँगै सडकबाट सवारी हटाईएको छ ।

व्यापारीहरुको माग सम्बोधन गर्दै केही समय पार्किङ निषेधलाई स्थगन गरेर महानगर सिसी क्यामेरा र बत्ती जडान गरेको थियो । सबै पार्किङस्थल व्यवस्थित भएकाले अब क्रमशः पूर्ववत् निर्णयलाई कार्यान्वयन गर्दै लगिने मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरलाई व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन आग्रहसमेत गरेका । सुरुमा केही असहज र असजिलो महसुस भए पनि विस्तारै बानी हुँदै गएपछि सहज हुने उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन मेयर कोइरालाले विराटनगरवासीलाई आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्