विराटनगर । विराटनगरको दिल्ली पब्लीक स्कुलले विद्यार्थीहरुलाई व्यवहारीक तथा प्रयोगात्मक शिक्षण विधीमार्फत दिगो सिकाई र बुझाइको लागी स्टीम म्याथम्याटिक्स र रोबोटिक्स ल्याव संचालनमा ल्याइएको छ ।
स्कुलले मंगलबार एक कार्यक्रम आयोजना गरी स्कुल परिसरभित्र स्टीम म्याथम्याटिक्स र रोबोटिक्स ल्याव संचालनमा ल्याएको हो ।
दुवै ल्यावको स्कुल अफ एजुकेशन काठमाडौँ युनिभर्सिटीका डिन प्रोफेसर डाक्टर वालचन्द्र लुईटेलले उद्घाटन गर्नुभएको थियो ।
विद्यार्थीहरुलाई गणित तथा विज्ञान र प्रविधी विषयमा व्यवहारीक तथा प्रयोगात्मक शिक्षा प्रदान गराउने उदेश्यका साथ स्टीम ल्याव संचालनमा ल्याएको दिल्ली पब्लीक स्कुलका प्रिन्सीपल विवि लिम्बुले जानकारी दिनुभयो । साथै दिल्ली पब्लिक स्कुलका शिक्षकशिक्षिकालाई ३ दिने तालिम समेत प्रदान गरिएको छ ।
३ दिनसम्म भएको तालिममा पाठ्यक्रमको प्रविधिकरण, शैक्षिक सामाग्री निर्माण, मूल्यांकनका विधि तथा विद्यार्थीलाई पढाउने तौरतरिका तथा शैक्षिक सामाग्रीहरुको प्रयोग गर्ने विधि लगायतका विषयमा तालिम प्रदान गरिएको छ ।
दिल्ली पब्लिक स्कूलले काठमाडौँ युनिभर्सिटी को स्कूल अफ एजुकेशनसँग विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधारका लागि हालै मात्र एक सम्झौता गरेको छ ।