श्री बालमाध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास

<span class='c1'>श्री बालमाध्यमिक विद्यालयको ४</span> <span class='c2'>कोठे भवनको शिलान्यास</span>

विराटनगर । विराटनगर १३ रानीमा रहेको श्री बाल माध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ ।

राष्ट्रपति शैक्षिक सुधार अन्तगर्त विद्यालय परिसरमा रहेको खाली जमिनमा कक्षाकोठाको थप विस्तार गर्दै भवनको बुधबार एक कार्यक्रमको आयोजना गरि भवनको शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले शिलान्यास गर्नुभएको थियो । शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राज भण्डारीले भवन निर्माणको लागी सामाजिक विकास मन्त्रालयबाट जस्तो सुकै पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले शैशिक विकासको लागी मन्त्रालयबाट हुने सेवा सुविधामा कुनै पनि बाँकी कसुर नराख्ने उद्घोष गर्नुभयो । विद्यालयलाई थप विस्तार गर्नको लागाी निमय पालना पुरा गरेर आउन समेत आग्रह गर्दै मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।’

राष्ट्रपति शिक्षक सुधार अन्तर्गत ४५ लाखको योजना अनुसार ४ कोठे भवन निमार्ण गर्न लागिएको विद्यालयका प्रध्यानध्यापक अभिनन्दन यादवले जानकारी दिनुभयो। साथै उहाँले यसै शैक्षिक सत्रदेखी विद्यालयमा अग्रेजी माध्यममा पनि कक्षा संचालन गर्ने बताउनुभयो । यसका लागी अहिले घरदैलो कार्यक्रम पनि गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य गीता रानी महतो, राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक प्रसाद गौतम , विराटनगर महानगरपालीका शैक्षिक प्रशासन महाशाखा शिक्षाअधिकृत कृष्ण भट्टराई , विद्यालय व्यवस्थापन अध्यक्ष रामचन्द्र महतो लगायत सामुदायिक विद्यालयका प्राचार्यहरुको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्