विराटनगर । विराटनगरस्थित सिटिजन्स बैंकले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बिहिबार वार्षिकोत्सवको अवसरमा बैंकको प्रदेश कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो।
बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
ब्लड बैंकमा समेत रगत अभावको अवस्थालाई दृष्टिगत गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको सिटिजन्स बैंक प्रदेश कार्यालयका नायब प्रबन्धक भवानी चापागाईले बताए ।
समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा संकलित रगतले सम्बन्धित बिरामीलाई आवश्यक सहयोग पुर्याउने अपेक्षा गरिएको बताईएको छ ।