विराटनगर जेसीजद्वारा रमजानको अवसरमा इफ्तारी भोज

विराटनगर जेसीजद्वारा रमजानको अवसरमा इफ्तारी भोज

विराटनगर । विराटनगर जेसीजले मुस्लिम धर्मावलम्बीहरूको पवित्र चाड रमजानको अवसर पारेर इफ्तारी भोजको आयोजना गरेको छ ।

विराटनगर जेसीजको सभा हलमा सम्पन्न कार्यक्रममा मुस्लिम समुदायका अगुवा युवाहरूको सहभागीतामा भोजको आयोजना गरिएको हो ।

विराटनगर जेसीजका अध्यक्ष कायम राख्न पनि एक-अर्को धर्मकाबीच अभिनास थापाले धार्मिक सहिष्णुता आपसी भाईचाराको बिकास हुनु पर्ने बताए । उनले सोही अनुरुप विराटनगर जेसीजले सबैलाई समेट्दै कार्यक्रमको आयोजना गरिएको बताए ।

विराटनगर जेसीजका पुर्व अध्यक्ष गोपाल गुप्ताले समुदाय जोड्ने कडिका रूपमा जेसीजद्वारा आयोजना गरिएको कार्यक्रम प्रशंसा योग्य रहेको बताए ।

मुस्लिम समुदायका अगुवा तथा युवा राजनितिज्ञ वसिम आलमले जेसीजले यस किसिमको कार्यक्रम आयोजना गरेर आपसी सद्भाव र भाइचारा बढाउन गरेको योग्दानको आफुहरूले उच्च कदर गर्ने बताए ।

कार्यक्रममा सामाजिक अभियानता चाँदबाबू इराकी, युवा नेता मुसरफ खान लगायत मुस्लिम समुदायका युवाहरू, विराटनगर जेसीजका पूर्व अध्यक्ष, बोर्ड तथा पदाधिकारी, सदस्य , जुनियर जेसीज लगायतका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक अभिषेक गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्