करिब पाँच केजी सुनसहित विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ

करिब पाँच केजी सुनसहित विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ

विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् ।

नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथमा अवैध सुनका गरगहना रहेको सुचनाका आधारमा प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो । उनीहरुलाई चेकजाँच गर्दा झोला भित्र ४ किलो ९२७.२१८ सुन बरामद भएको थियो । सुनका गहना विराटनगरतर्फ ल्याउने क्रममा उनीहरु त्यहाँ पक्राउ परेको बुझिएको छ ।

साढे चार बढीको मूल्य बराबरको सुनसहित पक्राउ परेका उनीहरु विरुद्ध थप अनुसन्धान बढाइएको प्रहरीले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्