विराटनगरमा विद्युत समस्या समाधानका लागि संघको आग्रह

विराटनगरमा विद्युत समस्या समाधानका लागि संघको आग्रह

विराटनगर । मोरङ व्यापार संघले बिद्युत समस्यामा देखिएको अनियमित आपूर्ती व्यवस्थापन सहज बनाउन आग्रह गरेको छ । संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरका प्रमुखलाई अनियमित बिद्युत आपूर्तीको समस्या हल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

प्राधिकरणका प्रदेश प्रमुखलाई अध्यक्ष रिजालले विद्यूत आपूर्तीबाट विशेष गरी उद्योगहरुमा पर्न गएको समस्याप्रति ध्यानाकर्षण गराउँदै अनियमितता, लो भोल्टेज÷ट्रिपिङ जस्ता अपर्याप्त आपूर्ती र कटौतिहरुका श्रृंखलामा सुधार गर्न माग गरेका छन् ।

बारम्बारको अवरोधका कारण उद्योगहरुका प्रशोधन तथा उत्पादनमा रहने कच्चा पदार्थ नष्ट हुने, मिल मेशिनरीहरु बिग्रने तथा कामदार श्रमिकहरुको कार्य अवरोध हुने लगायतका समस्याहरु उत्पन्न भई उद्योगहरुका लागत खर्च वृद्धि भएको तथा ठूलो आर्थिक व्ययभार थपिएको भन्दै ध्यानाकर्षण गराइएको हो ।

हालको विद्युतआपूर्ति सम्बन्धी समस्याको शिघ्र निराकरण हुननसके पीडित आम सर्वसाधारण र उद्योगीव्यवसायीहरु विरोधमा उत्रन सक्ने देखिएको बताउँदै अध्यक्ष रिजालले भारतसँग पर्याप्त विद्युत खरिद गरेर वा अन्य कुनै माध्यमबाट आवश्यक भोल्टेजको प्रवन्ध मिलाउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्