विराटनगरमा मुख्यमन्त्री कार्कीले भन्नुभयो–कोशी प्रदेश कसैको विपक्ष राखिएको नाम हैन

विराटनगरमा मुख्यमन्त्री कार्कीले भन्नुभयो–कोशी प्रदेश कसैको विपक्ष राखिएको नाम हैन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामाकरण कसैको विपक्षमा नगरिएको बताउनु भएको छ । नेपाल बार एशोसिएशन उच्च अदालत विराटनगर बार इकाईको १३ औं कार्यसमितिको वार्षिक साधारणसभालाई शुक्रबार उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले कसैले आफ्नो विपक्षमा भएको सम्झन नहु्ने बताउनु भएको हो ।

‘नामाकरण साझ रुपमा आएको हो’ मुख्यमन्त्री कार्कीले भन्नुभयो एउटा पक्षलाई बिझाउने र अर्को पक्षलाई समेट्ने नाम नभएर संसदबाट साझ रुपमा पारित भएको हो । उहााल्े यसलाई सबैले आत्मसाथ गरेर जानुपर्ने बताउँदै समय क्रममा भविष्यमा जनता अभिमत जितेर संवैधानिक एवं कानूनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।

उहाँले प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेशको नामकरण नगर्दा सर्वत्र आलोचना खेप्नु परेको बताउनुभयो । नयाँ प्रदेशसभा सदस्यको निर्वाचनपछि बनेको संसदले सर्वाधिकार प्रयोग गरेर पारित गरेको नामाकरणले कसैलाई दुख्न नहुने बताउनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताउँदै सरकारलाई दोष दिन नमिल्ने बताउनुभयो ।

उहाँले वर्तमाान नेपालको राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको बताउनुभयो । विगत १६÷१७ महिना देखि प्रधानन्यायधीश जस्तो गरिमामय पद कायममुकामको भरमा रहनु दुःखद् रहेको बताउनुभयो । प्रधानन्यायधीश नियुक्ति हुन नसक्नु दुःखद रहेको बताउँदै उहाँले समग्र पक्ष समेटिनु पर्नेमा जोड दिनुभयो ।
प्रदेश संरचना अनावश्यक, अत्याधिक खर्चालु लगायतका आलोचना तथ्य र सत्यका आधारमा हुनुपर्नेमा जोड दिदै मुख्यमन्त्री कार्कीले विगत १५ बर्षमा नभएका विकास प्रदेश सरकार निर्माण भएपछि जनताले अनुभूति प्राप्त गरेको दावी गर्नुभयो । उहाँले विगत पाँच बर्षको अवधिमा प्रदेश सरकारले ८०० किलोमिटर कालोपत्र सडक, १०० पक्की पुल, २०० झोलुङ्गे पुल र २०० भौतिक संचरना निर्माण गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तिको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्न समेत आग्रह गर्नुभयो । उहाँले न्याय क्षेत्र, राजनीति क्षेत्र सुधारिए त्यसको प्रभाव नागरिकमा सकारात्मक पर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले उच्च अदालत बार इकाईको नवनिर्मित भवनको उद्घाटन समेत गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्