विराटनगर । आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को शव यात्राका क्रमा विराटनगरमा झडप हुँदा प्रहरी र आन्दोलनकारी गरी १२ जना घाइते भएका छन् । शनिबार दिउँसो रोडशेष चोक अर्थात मुख्यमन्त्री कार्यालय नजिकै प्रहरी र आन्दोलनकारीबीच झपड भएको हो ।
झडपको क्रममा नेपाल प्रहरीका तीन जना सशस्त्र प्रहरीका तीन जना गरी ६ जना सुरक्षाकर्मी घाइते भएको मोरङका प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । यता, आन्दोलरत पक्ष भने ६ जना घाइते भएको किरात राई यायोख्खाकी सचिव कुन्ता राईले जानकारी दिइन् । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्नका लागि ८१ सेल अश्रूग्यास प्रहार गरेको समेत डिस्पी दाहालले जानकारी दिए । निषेधित क्षेत्र तोडेने प्रयास गरिए पछि अश्रु ग्यास प्रहार गरेको उनले बताए ।
गत चैत्र ५ गते विराटनगरमा पुनः नामाकरणको माग राख्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो । विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएका उनलाई पहिचान पक्षधरले सहिद घोषणको माग गर्दै शव बुझ्न मानेका थिएनन् । लिम्बूको निधनपछि थप आन्दोलन चर्किदै गयो । उनलाई चैत २४ को मन्त्रीपरिषदको बैठकले सहिद घोषणा गरेपछि आन्दोलनरत पक्षले शव बुझने तयार भए । सोही अनुसार लिम्बूको अन्तिम संस्कारका लागि धरान र इटहरी हुँदै श्रदान्जलीका लागि शव विराटनगर ल्याइएको थियो । त्यसो त आन्दोलनरप पक्षले रोडेशष चोकमा शान्ति पूर्ण रुपमा श्रद्धान्जलीसभा गर्ने र शव परिक्रमा गराउने भन्ने जानकारी थियो । तर जब इटहरीबाट हुकिएर शव भन्दा अगाडीको गाडीमा आएका आन्दोलनतर पक्षले निषेधाज्ञा तोडेर मुख्यमन्त्री कार्यालय तर्फ अगाडी बढ्ने प्रयास ग¥यो त्यहीबाट विराटनगर केही बेर तनावग्रस्त बन्यो ।
आक्रोशित भिडले ब्यारियर गेट हटाउन माग गर्दै प्रहरीमाथि ढुंगामुढा गर्न सुरु गरेका थिए । करिब आधा घण्टा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीले भीडलाइ नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोरा पनि प्रहार गरेका थिए । श्रदान्जलीसभा गर्ने भनिएको स्थान रोडषेश चोक तनाबग्रत भएपछि आन्दोनरत पक्षले महेन्द्र चोकमा श्रदान्जली सभा गरेका थिए ।
श्रदान्जलीसभापछि लिम्बूको शवलाई अन्येष्टिका लागि मोरङको बेलबारी स्थीत उनको घरमा लगिएको पहिचान पक्षधरका नेता अर्जुन जम्नेली राईले जानकारी दिए ।
शव ¥यालीमा समेत सरकारको हस्तक्षप गरेको आरोप
यता, शव ¥याली भन्ने थाहा हुँदाहुँदै पनि सरकारले बाटो छेकेको पहिचान पक्षधरको आरोप छ । शन्तिपूर्ण ढंगले शव ¥याली गर्ने भन्दाभन्दै पनि सरकारको बाटो छेक्ने प्रयासले पनि भीडको आक्रोश अनियन्त्रित भएको पहिचान पक्षधरका नेताहरु बताउछन् । सरकारलाई डर भए सरकारी सम्पत्ति जोगाएर शवको बाटो नरोक्दा राम्रो हुने नेपाल आदीवासी जनजाति पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष कमन देवान बताउछन् । उनले लासको समेत बाटो छेकेर प्रदेश १ अर्थात कोशी प्रदेशका जंगबहादुर जागेको निको नलागेको बताए ।
‘सरकारलाई डरै थियो भने सरकारी सम्पत्ति जोगाएर लाशको बाटो नरोक्दा हुन्थ्यो,’ उनलेभने ,‘ लाशको समेत बाटो छेकेर प्रदेश १ मा जंगबहादुर जागेको निको लागेन ।’ गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम बहुमतका आधारमा कोशी पारित गरेसगै यतिबेला प्रदेश नम्बर १ पून नामाङ्कन संघर्षसमिति गठन आन्दोलनरत छन् ।